साप्ताहिक संवाददाता
शुभेच्छा खड्का, भिजे तथा मिस नेपाल इन्टरनेसनल-२०१२
अनुप सापकोटा
(मोटिभेटिभ साथी) :
ऊ युट्युब च्यानल सञ्चालक, सर्ट फिल्मको कलाकार तथा स्क्रिप्ट राइटर हो । निकै सिर्जनशील छ, नयाँ–नयाँ आइडिया निकाल्छ अनि मोटिभेट गरिरहन्छ । उसको एउटा नराम्रो बानी छ, ऊ पूरा कुरा नसुनी वा कुरै नबुझी तुरुन्तै रियाक्ट गरिहाल्छ ।
नग्मा श्रेष्ठ
(दु:ख–सुखकी साथी) :
२०१२ मा ऊ र म क्रमश: मिस नेपाल अर्थ तथा मिस नेपाल इन्टरनेसनल भयौं । त्यही बेलादेखि उसको र मेरो मित्रता भएको हो । मैले नग्मालाई असाध्यै मिल्ने मिलनसार सखीका रूपमा पाएकी छु । उसले जे सुझाव दिन्छे, त्यो मेरो राम्रैका लागि हुन्छ । उसको नराम्रो कुनै कुरा छैन ।
सृष्टि श्रेष्ठ
(घर नजिककी सखी) :
सृष्टिसँग पनि २०१२ को मिस नेपालदेखि संगत भएको हो । उनले त टाइटल क्राउन नै जितिन् । सृष्टि अहिले चलचित्रमा व्यस्त छिन् । त्यसैले भेटघाट कम हुन्छ, तर म, नग्मा र सृष्टि भेट भएपछि हामीलाई अरू कोही चाहिँदैन । सृष्टि र मेरो घर पनि नजिक छ । त्यसैले पनि मैले उसलाई घर नजिकको साथीका रूपमा पाएकी छु । विदेश वा बाहिर गएपछि उनी उतैको वातावरणमा हराएर हामीलाई बिर्सिन्छिन् । अरू त नराम्रो के नै छ र ?
आस्था बी.
(कलेजकी सखी) :
प्लस टुपछि हामीले सँगै अध्ययन गर्यौं । कुनै बेला हामी प्राय: सँगै हुन्थ्यौं । अहिले उनी गायिकाका रूपमा व्यस्त छिन् । भेटघाट कम भएको छ, तर कुरा चाहिँ हुन्छ । सहयोगी छिन्, साथमा उनको एउटा कमजोरी छ । आस्था हत्तपत्त कसैसँग घुलमिल हुन सक्दिनन् ।