साप्ताहिक संवाददाता
कार्तिक १५, २०७३
तिहारमा सबैको घरमा रोटी तथा विभिन्न किसिमका मिठाई पाक्छ ।
सेलरोटी, फिनी, अनरसा, रोट वा अन्य मिठाई चिल्लो र गुलियो हुने भएकाले धेरै खानु हुँदैन ।
चाडपर्वको बहानामा धेरै गुिलयो र चिल्लो खाँदा स्वास्थ्यमा असर पर्न सक्छ ।
मधुमेहका बिरामीहरूले सुगरफ्री मिठाई ठिक्क मात्रामा खान सक्छन् ।
परिकारमा प्रयोग गरिने तेल–घिउ कत्तिको स्वास्थ्यवद्र्धक छ, ध्यान पुर्याउनुपर्छ ।
यस्ता परिकार सकेसम्म घरमै तयार गर्नुपर्छ । किन्नै परे विश्वसनीय मिठाई पसलबाट शुद्ध तथा सफा मिठाई खरिद गर्नुपर्छ ।