साप्ताहिक संवाददाता
सानैदेखिका तीन जना साथीको कथामा निर्माण भएको चलचित्र हो ‘तँ म र ऊ’ । चलचित्र ‘तँ म र ऊ’मा दुई युवक र एक युवतीबीच बाल्यकालदेखि नै मित्रता हुन्छ । त्यो मित्रताले युवावस्थामा पुगेर आकर्षणको रूप लिन्छ । दुई युवक बालसखीलाई प्रेमिकाका रूपमा देख्न थाल्छन्, अनि चलचित्रले फरक मोड लिन्छ ।
‘तँ म र ऊ’ मा आमेश भण्डारी र नीता ढुंगानाको जोडी छ, जुन केही समयअघिसम्म वास्तविक प्रेमी–प्रेमिका थिए । दिनेश डिसीको ‘फूलैफूलको मौसम तिमीलाई’ असफल भएपछि उक्त चलचित्रका नायक–नायिका नीता र आमेशबीचको प्रेम पनि टुंगिएको थिए ।
‘तँ, म र ऊ’ को निर्माण ‘फूलैफूलको मौसम तिमीलाई’ भन्दा अघि भए पनि अहिले मात्र प्रदर्शनमा आउन लागेको हो । यो चलचित्र शम्भु सापकोटाले खिचेका हुन् भने यसलाई प्रितम पाण्डेले सम्पादन गरेका छन् ।
निर्देशक : लक्षु गौतम
संगीत : शिव परियार/आमेश भण्डारी
कलाकार : नीता ढुंगाना, आमेश भण्डारी, सुदेन प्रसाईं आदि ।
तँ, म र ऊ को अफिसियल ट्रेलर