• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा राजेन्द्र भद्रा

सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ?
मंसिर २९, २०७३

 

सानो लिङ्ग भएको मानिससँग सम्पर्क गर्दा सन्तुष्टि हुन्छ कि हुँदैन ? यस्तो बेला के गर्नुपर्छ ? 

७०६६

तपार्इंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने विषयमा कुरा गरौं 

महिलाले कसरी यौनसुख कसरी प्राप्त गर्छन् ? 

मानव यौन प्रतिक्रिया चक्रको चार चरणमध्ये उत्तेजनाको चरण (भ्हअष्तझभलत एजबकभ, एक्साइटमेन्ट फेज) अनि एबितभबग एजबकभ (प्लाटो फेज) पार गर्दै तेस्रो चरण चरमसुख (इचनबकm एजबकभ, अर्गाज्म फेज) पुग्दा नै हामीले यौनसुख प्राप्त गरेको अनुभव गर्छाैं । त्यसपछिको अन्तिम चरण भने च्भकयगितष्यल एजबकभ (रिजोलुसन फेज) हो, जसमा शरीर पुरानै अवस्थामा फर्कन्छ । 

महिलाले विभिन्न किसिमले यौन उत्तेजनालाई निरन्तरता दिँदै जान सक्छन् । यसका लागि महिलाले आफ्ना विभिन्न यौन संवेदनशील अङ्गको घर्षण–मर्दन गर्छन् । महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर हो । तपाईंलाई थाहै होला, ‘भगांकुर’ बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । त्यसैगरी योनि अर्को महत्वपूर्ण अङ्ग हो । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । तपार्इंले के कुरा बुझ्न जरुरी छ भने सम्पूर्ण योनिको लम्बाइलाई हेर्ने हो भने यसको भित्री भाग अर्थात् पाठेघरतिरको भाग होइन कि बाहिरतिर एक तिहाइभाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणतया छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ, अर्थात् ३ दशमलव ५ इन्चको लिङ्ग योनिको बाहिरतिरको १ दशमलव ३ जतिको यौनसंवेदनशील भागको घर्षण गर्न पर्याप्त हुन्छ । 

योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठ एवं अग्रभागमा रहेको mयलक खभलभचष्क (जहाँ यौनकेशहरू पाइन्छ) भाग पनि यौन संवेदनशील हुन्छ । त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । व्यक्ति–व्यक्तिमा फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तीघ्रा, नाभी क्षेत्र आदि अङ्गहरू पनि यौन संवेदनशील हुन्छन् । पुरुषको तुलनामा महिलाले यौन सुख प्राप्त गर्ने कुरा लिङ्गमा मात्र केन्द्रित हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गको अधिकतम प्रयोग गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले समेत उत्तेजित हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन । 

के महिलाले यौनसन्तुष्टि प्राप्त गर्न लामो लिङ्ग नै चाहिन्छ ? 

धेरैजसो पुरुषमा लिङ्गको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो आफ्नो यौनसाथीलाई यौन सुख प्रदान गर्न सक्छु कि सक्दिन भन्ने विषयमा हुन्छ । यसमा गहिरिएर हेर्ने हो भने लिङ्गको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने–दिने कुरामा मात्र सीमित नभै पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले यस्तो भएको हुन्छ । पौरुषत्वसँग जोडिए पनि कतिपय व्यक्तिको सोचविपरीत लामो लिङ्गबाट बढी यौन सुख दिन सकिने वा लिन सकिने भन्ने चाहिँ होइन । 

यौनसुख दिन वा लिन लिङ्गको नापभन्दा अन्य कुराहरू बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु जरुरी छ । महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षणका लागि लिङ्ग नै आवश्यक छ भन्ने होइन । जहाँसम्म लिङ्ग–योनि मैथुनको प्रश्न छ, यो सानो होस् वा लामो यसको घर्षणबाट यौनसुख प्रप्त गर्न सकिन्छ । यदि पुरुषले हातले लिङ्गलाई समाएर गरिने हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने उक्त लिङ्गबाट यौन सुख लिन सकिने कुरामा ढुक्क भए हुन्छ । 

हुन सक्छ, कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला, तर त्यसैका आधारमा बढी यौन आनन्द प्राप्त हुनेचाहिँ होइन । केही अध्ययनअनुसार यौनसम्पर्कका बेला महिलाले पुरुषको लिङ्गको नापलाई खासै ध्यान नदिएको कुरा पनि उल्लेख छ । कहिलेकाहीं यौन क्रियाको चरमोत्कर्षमा पुग्न लागेका बेला मुखबाट निस्कने वाक्य जस्तै— ‘अझै भित्र पसाऊ’ कै आधारमा कसैले आफ्नो लिङ्ग सानो भएको मान्नुपर्ने कारण छैन । अब त पक्कै बुझ्नुभयो होला कि लिङ्ग एकहदसम्म सानो भए पनि यौनसुख मज्जाले लिन वा दिन सकिन्छ । 

के गर्नुपर्ला ? 

प्रश्नका आधारमा तपाईं महिला भएको संकेत मिल्छ । तपार्इंले यो प्रश्न नै किन गर्नुभयो स्पष्ट छैन । अब तपार्इंले बुझिसक्नुभयो होला, महिलाले यौनसुख प्राप्त गर्न लामो लिङ्गको आवश्यकता पर्दैन । 

सामान्यत: चरम सुख प्राप्त गर्न महिलालाई पुरुषको तुलनामा केही बढी समय लाग्ने भएकाले यौन क्रियाकलापमा संलग्न हुने सन्दर्भमा पर्याप्त पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख प्राप्त गर्न मद्दत पनि गर्छ । महिला–पुरुष दुवैले साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरमसुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यकता पनि छैन, पालोपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । 

अन्तमा, के भनौं भने अर्को व्यक्ति, उसको अङ्ग वा क्रियाकलाप तपाईंको यौनसुख प्राप्तिमा सहयोगी मात्र हुन सक्छ, यौनसुख तपाईं स्वयंले खोज्ने वा प्राप्त गर्ने हो । जस्तो कि कसैले राम्रो दृश्य देखाउन सहयोग गर्न सक्छ, तर त्यो रमणीय दृश्यको आनन्द त व्यक्ति आफैंले प्राप्त गर्ने हो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik