साप्ताहिक संवाददाता
पुस ५, २०७३
झन्डै एकसाता लामो हङ्कङ बसाईको क्रममा चर्चित निर्देशक रामबाबु गुरुङ्सागै कलाकारद्धय दयाहाङ् राई र मेनुका प्रधान भेट्टिए । चलचित्र पुरानो डुङ्गाको हङ्कङ प्रर्दशनका लागि निर्देशक सहित कलाकारद्धय हङ्कङ आएका हुन् । मुलुकमा मिश्रित प्रतिक्रिया पाईसकेको चलचित्र पुरानो डुङ्गालाई हङ्कङेली दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिए । सांगीतिक प्रतिष्ठान नेपाल ईटहरी सुनसरी निर्माण सहयोगार्थ प्रर्दशन गरिएको फिल्मलाई हङ्कङेली युवा रविन घले, अरुण राई र जीवन गुरुङ्ले संयोजन गरेका हुन् ।
यससँगै निर्देशक रामबाबु सहित कलाकारद्धय, हङ्कङ किरात राई यायोक्खाले आयोजना गरेको साकेला उधौली सँगै हङ्कङमा आयोजना भएका विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भए ।