साप्ताहिक संवाददाता
सोमबारदेखि राजधानीको भृकुटीमण्डपमा बृहत् नेपाल–भारत लोककला महोत्सव संचालन भैरहेको छ । महोत्सवमा विभिन्न शिल्पमा खादीका पहिरन तथा हस्तकला प्रदर्शित छन् । यही महोत्सवको पहिलो दिन उदघाटज स्वरुप पार्क भिलेज रिसोर्टमा फेसन शोसमेत सम्पन्न भयो । । पुलचोक ३ बाइ आस्तिक शेरचेनका डिजाइनर आस्तिक शेरचन लगायत डिजाइनर शाभा नेपाल र भारतिय डिजाइनर निदा मेहेमुदले डिजाइन गरेका पहिरन फेसन शोमा खादी कपडा प्रयोग गरेर प्रस्तुत गरिएको थियो । शोमा १० जना भारतिय र ६ जना नेपाली मोडलहरुले भाग लिएका थिए । आस्तिक शेरचनको शोमा मिस नेपाल सृष्टी श्रेष्ठ शो टपरका रुपमा र्याम्पमा उत्रिएकी थिइन् ।
साउथ एसिया फाउन्डेसन तथा काउन्सिल अफ ह्याण्डीक्राफ्ट डेभलपमेन्ट कर्पाेरेसन नेपालको सहयोगमा आयोजित फेसन शोमा प्रतिभाशाली डिजाइनरको सिर्जना पोखिएको थियो । नेपालका ३० तथा भारतका ५० जना कलाकारका हस्तनिर्मित पहिरन प्रदर्शित उक्त महोत्सवले अन्तरसांस्कृतिक भावना अभिवृद्धि गराउने आयोजकहरूको दाबी छ । यो लोककला महोत्सव पुस आठ गते सम्पन्न हुनेछ ।तस्बिरमा महोत्सवका क्रममा नेपाली डिजाइनर आस्तिक शेरचनले खादीमा गरेको प्रयोग हेर्न पाइन्छ ।
तस्विर: कमल निकोन क्षेत्री