साप्ताहिक संवाददाता
बिहिबार साँझ काठमाडौंको एउटा पाँच तारे होटलमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय सेलिब्रेटीहरु मोडलको रुपमा र्याम्पमा प्रस्तुत भएर विभिन्न डिजाइनरहरुले तयार पारेका आकर्षक पहिरनहरु प्रदर्शन गरे । पूनम इन्टरटेन्मेन्ट तथा गौरी मल्लद्वारा आयोजित ‘डि’सेलिब्रेटी रनवे’ मा नयाँदेखि पुराना चलचित्र कलाकारहरु र्याम्पमा प्रस्तुत भएका हुन् ।
झन्डै दुई घण्टासम्म सञ्चालन भएको फेसन शोमा नेपाली चलचित्रको पहिलो नायिका भूवन चन्ददेखि नयाँ नायिका साहारा कार्कीसम्म र्याम्पमा प्रस्तुत भए । प्रत्येक कलाकार र्याम्पमा प्रस्तुत हुँदा उनीहरुले अभिनय गरेका चलचित्रका गीतहरु पृष्ठभूमिका बज्दा दर्शकहरुले समेत रमाइलो मानेका थिए । रनवेमा नायिका रेखा थापाले गीत गाइन् भने कलाकार सन्दिप क्षेत्रीले हास्य प्रस्तुतीमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरे । अभिनेत्री गौरी मल्लले पनि कार्यक्रममा गीत गाएकी थिइन् ।
फेसन शोमा भूवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, सुभद्रा अधिकारी, तुलसी घिमिरे, भूवन केसी, कृष्ण मल्ल, विजय लामा, सरोज खनाल, निखिल उप्रेती, लक्ष्मी गिरी, रुपा राना, दीपाश्री निरौला, सरिता लामिछाने, संचिता लुइाटेल, ऋचा शर्मा, केकी अधिकारी, आशिफ शाह, रीमा विश्वकर्मा, वेनिशा हमाल, सुष्मा कार्की, गौरव पहारि, दिकपाल कार्की, सुशिल श्रेष्ठ, नाजिर हुसेन, आर्यन अधिकारी, पुष्पल खड्का, मलिना जोशी, अनु शाह, अशिष्मा नकर्मी, चाँदनी शर्मा, श्रृष्टी श्रेष्ठ, सुरक्षा पन्त, बर्षा राउत, नम्रता सापकोटा, मरिष्का पोख्रेल, श्रद्धा प्रसाई र साहारा कार्की, नरेन खड्का, आश्मा डीसी, अनुभव रेग्मी, हेयर स्टाइलिस निल डेभिड, गायिका रेखा शाह र्याम्पमा प्रस्तुत भएका थिए । आयोजकका तर्फबाट डिजाइनर तथा चलचित्र निर्मात्री पूनम गौतले मनोरञ्जनलाई सामाजिक कार्यमा पनि लगाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम आयोजना गरिएको बताइन् ।
तस्विरहरु: महेश प्रधान