साप्ताहिक संवाददाता
नयाँ फेसनका ट्रेन्डी पहिरन नेपाली फेसनमा जगतमा विस्तार गर्ने योजनाका साथ राजधानीको ज्ञानेश्वरमा आजदेखि पेज थ्री संचालनमा आएको छ ।
विशेषगरी बलिउड डिजाइनमा पनि ग्लोबल मार्केटमा रुचाइएका अर्थात् छनोटमा परेका एसियन स्टाइलका महिला र पुरुष दुवैलाई हुने आकर्षक पहिरन पेज थ्रीले राजधानी भित्र्याएको हो । उपत्यकाकै बृहत् र ठूलो लगानीमा खुलेको पेज थ्रीको शुभारम्भ गायिका इन्दिरा जोशी, साप्ताहिक/नारीका प्रधान सम्पादक सुवास ढकाल, वरिष्ठ सौन्दर्यविद् सीता पाठक, सौन्दर्य व्यवसायी सुष्मा महरा एवं विजनेस वुमन राधिका कटुवालले संयुक्त रूपमा रिबन काटेर गरे ।
नेपालमा बढ्दै गएको फेसन पारखीको जमातलाई मध्यनजर गर्दै खुलेको पेज थ्री नौलो ट्ेरण्डका साथ संचालनमा आएको र यहाँ बलिउड र कलिउडका ट्रेन्डी पहिरन डिजाइन गरिने डिजाइनर प्रेम देवले बताए । लामो समयदेखि डिजाइनमा आबद्ध प्रेम देव र फेसन डिजाइनमा अब्बल डिजाइनर रेखा मित्रुकाले संयुक्त लगानीमा पेज थ्री संचालनमा ल्याएका हुन् ।
पेज थ्रीमा ३ हजारदेखि २ लाख रुपैयाँ मूल्य पर्ने महिला तथा पुरुष दुवैका पहिरन उपलब्ध छन् । बलिउड र कलिउडमा चलेको ट्ेरन्ड तथा ग्राहकको मागअनुसार सामान्यदेखि लिएर रोयल लुक्स प्रदान गर्ने उच्चकोटीका पहिरन पेज थ्रीले एकै छानामुनि उपलब्ध गराउँछ ।
तस्विरहरु : महेश प्रधान /नवराज वाग्ले