चैत्र ९, २०७३
फेसबुकले भिडियो पोस्टका लागि नयाँ फिचर जारी गरेको छ । नयाँ भिडियो फिचरमा अटो प्ले भिडियो, पोर्टेट भिडियो, प्ले साउन्ड आदिसमेत सामेल छन् । यसमा उपलब्ध साउन्ड ट्रयाकको सुविधा पनि उल्लेखनीय छ । फेसबुकको न्युजफिडमा आएको भिडियोमा ट्याब गर्दा त्यसमा भएको आवाजलाई सहज तरिकाले सुन्न सकिन्छ । फेसबुकका यी सबै सुविधा मोबाइलमा प्रयोग गर्न सकिन्छ । त्यसैगरी फेसबुकले भिडियो भर्टिकल सुविधा पनि उपलब्ध गराएको छ, जसलाई प्रयोगकर्ताले स्मार्टफोनमा भर्टिकल फम्र्याटमा हेर्न सक्छन् । फेसबुकले छिट्टै नयाँ फिचर उपलब्ध गराउने बताएको छ, जसको सहयोगले फेसबुक भिडियोलाई टिभीमा
समेत हेर्न सकिनेछ ।