साप्ताहिक संवाददाता
फिल्म भुई मान्छेले टिजर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा फिल्म युनिटले फिल्म आगमी साउन २० गते रिलिज हुने बताएका छन् । नबराज बुढाथोकीको निर्देशनमा तयार भएको यस फिल्ममा शव चिर्ने मान्छेको मनोविज्ञान देखाइएको छ ।
भुई मान्छे अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको कथा हो । दैनिक लास चिर्ने मान्छेको जीवन कस्तो हुन्छ । उसलाई समाजले कसरी हेरेको हुन्छ । उसको मनोविज्ञान कस्तो होला ? यीनै कुराहरुलाई चलचित्रमा समेटिएको छ । त्यतिमात्र नभएर, आफ्नो भब्य घरमा एक्लै वस्दै आएकी एउटी युवती, किन एक्लै वस्दै आएकी हो त ? उसको जीवनमा के कस्ता आरोह अवरोह आईपर्छन त, भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा सिपोरा गुरुङ्ग, रमेश बुढाथोकी, सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव आदिले अभिनय गरेका छन् ।
चलचित्रलाई विदुर पाण्डेले छायांकन गरेका छन् भने गम्भिरराज कर्णिकार र मधुसुदन सञ्जेलले सम्पादन गरेका छन् ।