साप्ताहिक संवाददाता
असार २२, २०७४
अभिनेता आयुष्मान देशराज जोशी भिडियो जक्कीका रूपमा दर्शकमाझ आउने भएका छन् । हिमालय टेलिभिजनबाट प्रत्येक साँझ प्रसारण हुने कुराकानीमा आधारित कार्यक्रम ‘द इभिनिङ शो एट सिक्स’ मार्फत आयुष्मान भिजेका रूपमा दर्शकमाझ आउन लागेका हुन् ।
यो कार्यक्रम हरेक दिन साँझ ६ बजेदेखि एक घण्टासम्म प्रसारण हुन्छ, जसमा अहिले हरेक दिन फरक–फरक भिजेले कार्यक्रम प्रस्तुत गदै आएका छन् । यसअघि आयुष्मानले कान्तिपुर टेलिभिजनमा पनि भिजेका रूपमा काम गरिसकेका छन् ।