साप्ताहिक संवाददाता
मठमन्दिर जाँदा मेकअपमा कन्सिलर प्रयोग नगर्ने । पसिना आउने भएकाले मेकअप टिकाउन वाटर प्रुफ मेकअप गर्नुपर्छ । दिउँसो मेकअप गर्दा लाइट ओयल फ्री फाउन्डेसन प्रयोग गर्ने । वर्षायाममा लुज पाउडर वा ट्रान्सलुसन पाउडर प्रयोग गर्ने । यसले पसिना सोच्छ र पसिना बग्न दिँदैन । साउनमा म्याट लिपिस्टिक प्रयोग गर्ने, आँखामा वाटरप्रुफ मस्कारा तथा लाइनर प्रयोग गर्ने । आँखाको सेपअनुसार लाइनर लगाउने ।
साँझ वा रातिका लागि पहिरनको कलर र आफ्नै च्वाइसअनुसार आँखाको मेकअप गर्नुपर्छ । मेकअप गर्दा बेसको छनौट सही हुनुपर्छ । आँखाको मेकअप गर्दा कलरको छनौट तथा आफ्नो फेसकटमा ध्यान पुर्याउनुपर्छ । यदि चिक बोन ठूलो भए डार्क सेट र लाइट सेट मिलाएर कटिङ गर्ने । लामो फेस छ भने चिक बोनबाट हल्का राउन्ड सेपमा लाने । राउन्ड सेप फेसमा हल्का चिकबोनबाट ज लाइनमा लाने ।
लिपिस्टिक लगाउनुअघि ओठमा हल्का फाउन्डेसन लगाउने । यसले लिपिस्टिक टिकाउन मद्दत गर्छ । ओठको सेपअनुसार लिपलाइनरले कटिङ गर्ने, सेप मिलाउने हल्का मर्ज गर्ने जसले गर्दा आर्टिफिसियल देखिँदैन । लिपमा कहिल्यै ब्ल्याक लाइनर प्रयोग नगर्ने । लिपिस्टिकको कलरभन्दा अलिकति मात्र लाइट सेड प्रयोग गर्ने । लिपको फिनिसिङ टच लाइनरले मिलाएर ग्लस लगाउने । ओठ ठूलो र लामो भए दुवै कर्नरमा कटिङ गर्ने, जसले ओठ सानो देखाउँछ । ठूलो ओठमा इन कल लाइनर, सानो ओठमा आउट कल गर्ने । वर्षा तथा साउनमा पिंक, पिच, रेड कलर बढी खुल्छ । वर्षायाममा छाला बढी मात्रामा तैलिय हुने हुँदा राति सुत्नुअघि ओयल फ्री क्लिनजिंग वा मेकअप रिमुभरले राम्रोसँग मेकअप हटाउनुपर्छ ।
-सीता पाठक, सौन्दर्यविद्