भाद्र ४, २०७४
तीजमा विशेष गरेर गाउन, लेहङ्गा, अनारकली, कुर्ता तथा सारीको माग हुन्छ ।
तीजका लागि फिक्स (पहिले नै स्टिच गरिएको) सारी ठिक हुन्छ । किनभने यस्तो सारी जति नाचे पनि फुस्कने डर हुँदैन ।
टिनएजका अविवाहित युवतीहरूले लेहङ्गा, कुर्ता तथा अनारकली लगाउन सक्छन् ।
विवाहितहरूको हकमा भने सारी नै उपयुक्त हुन्छ ।
कालो वर्णका महिलाहरूले पहिरन छान्दा हल्का र उज्यालो रंग छान्नुपर्छ ।
तीज भन्नासाथ रातो पहिरन नै लगाउनुपर्छ भन्ने छैन । रातो रंगका साथै अरू हल्का र उज्यालो रंगका
पहिरन पनि प्रयोग गर्न सकिन्छ ।
तीजमा छमछम नाच्ने, मन्दिर जाने अर्थात् रमाइलो गरिने भएकाले लच्किने अर्थात फ्याक्सेबल डिजाइनका पहिरन नै उपयुक्त हुन्छन् ।
हेमा श्रेष्ठ
हेमाज बुटिक, नक्साल