साप्ताहिक संवाददाता
बियर आनन्दका लागि सेवन गरिने पेय पदार्थ हो । बियर सेवनलाई नेपालमा अझै पनि राम्रो मानिँदैन् । यद्यपि बियरका कैयौं फाइदा पनि छन् ।
केही समयअघि गरिएको एक अध्ययनले बियरले शरीरमा औषधिजस्तै प्रभावकारी काम गर्ने देखाएको थियो । बेलायतको ग्रिनबीच विश्वविद्यालयले गरेको उक्त अध्ययनपछि बियर पिउँदा शरीरको पीडा कम हुने र यो पेनकिलरभन्दा पनि प्रभावकारी भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो ।
बियर दूध र जुसजत्तिकै प्राकृतिक हो । यसमा कुनै मिसावट हुँदैन र यो पाउरोटी बनाउने प्रक्रियाबाट बन्छ । सीमित मात्रामा बियर पिउँदा क्यान्सर तथा हृदयाघातबाट जोगिन सकिन्छ ।
एक महिलाका लागि दिनमा एक ग्लास तथा पुरुषका लागि दुई ग्लास बियर सामान्य मानिन्छ । यतिमा सीमित रहन सकेस् वास्थ्यका दृष्टिले एक होइन अनेकौं फाइदा छन् ।
बियरमा सिलिकन हुने भएकाले यसले हड्डी मजबुत बनाउँछ । सन् २००९ मा तुफ्त विश्वविद्यालयले गरेको एक अनुसन्धानअनुसार कहिलेकाहीँ बियर सेवन गर्नेहरूको हड्डी अपेक्षाकृत रूपमा बलियो पाइएको थियो ।
एक अर्को अनुसन्धानअनुसार सन्तुलित मात्रामा बियर सेवन गर्दा मिर्गौलामा पत्थरीको सम्भावना कम हुन्छ ।
इटली फाउन्डेसनको डी रिसेरिया इ क्युरा नामक संस्थाले गरेको एक अनुसन्धान भन्छ— सन्तुलित मात्रामा बियर सेवन गर्दा अन्य साधारण मानिसको तुलनामा ३१ प्रतिशत कम मस्तिष्कसम्बन्धी रोग लाग्छ ।
बियरमा फाइबरको मात्रा बढी हुने भएकाले यसले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ ।