साप्ताहिक संवाददाता
क्लब डेजाभूमा रनवे परेड–२०७४ शीर्षकको फेसन शो सम्पन्न भएको छ । यशराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका डिजाइनहरु प्रदर्शन गरियो ।
१६ जना महिला तथा ११ जना पुरुष मोडलहरुले प्रदर्शन गरेको उक्त फेसन शोमा लोकप्रिय कलाकारहरुले सोस्टपरको रुपमा क्याटवाक गरे । फेसन शोमा वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल–२०१७ अक्षय रायमाझी तथा बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले सोस्टपरको रुपमा क्याटवाक गरे ।
टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको लागेको उक्त फेसन शोको सञ्चालन सुशिल नेपालले गरेका थिए । फेसन शोको क्रममा गायक कमल खत्रीले लाइभ कन्सर्ट दिए भने नृत्यांगनाहरुले विभिन्न नेपाली तथा हिन्दी गीतमा आकर्षक नृत्य प्रदर्शन गरे ।