साप्ताहिक संवाददाता
आश्विन ११, २०७४
दसैंमा अरुबेला भन्दा धेरै सामा किन्नु पर्ने हुनाले पनि पटक पटक बजारमा निस्कनु पर्ने हुन सक्छ । धेरै सामानको खाँचो हुने हुँदा धेरै रकमको आवश्यकता पर्न सक्छ । तर, बजार निस्कनु अघि केहि कुरामा सावधानी भने अपनाउँनु पर्छ ।
किनमेल गर्दा धेरै पैसा बोकेर जाँदा हराउने तथा चोरी हुने सम्भावना हुने भएकाले क्रेडिट कार्ड बोक्न सकिन्छ ।
आवश्यक सामान मात्र किन्नुपर्छ । क्रेडिट कार्ड छ भन्दैमा अनावश्यक सामान किन्नु हुँदैन ।
सस्तो तथा गुणस्तरहीन सामानको मूल्य बढाएर छुट दिइएको हो कि ? ख्याल गर्नुपर्छ ।
सामान किनेपछि बिल लिनुपर्छ । बिलमा नभएका सामान तथा सामान भन्दा बढी मूल्य राखिएको छ कि हेर्नुपर्छ ।