साप्ताहिक संवाददाता
आश्विन १२, २०७४
दसैंमा बालबालिकाको लामो बिदा हुन्छ । बालबालिकाहरु स्वभावले पनि अलि चकचके हुन्छन् । दसैंमा घरका ठूला सदस्य पनि व्यस्त हुने हुँदा उनीहरुमा त्यति धयान नजान सक्छ । उनीहरुको चकचकसँग दिक लाग्न सक्छ । यसले उनीहरुको मनोविज्ञानमा नराम्रो असर पर्न सक्छ ।
चाडपर्वमा लामो बिदा हुने भएकाले बालबालिकालाई बोझ सम्झनु हुँदैन ।
वर्षभरि पढाइमा व्यस्त हुने भएकाले स्वतन्त्रसँग चाडपर्वको मज्जा लिन दिनुपर्छ ।
चाडपर्वको महत्वका बारेमा सिकाउनुपर्छ ।
बिदाको समयमा खाना पकाउने, लुगा धुने, चिया पकाउने, सरसफाइ गर्ने, घर सजाउने आदि उपायहरू सिकाउनुपर्छ ।
रमणीय स्थान जस्तो फन पार्क, चिडियाघर आदि स्थान लान सकिन्छ ।
सिर्जनात्मक काम जस्तो पेन्टिङ गराउन वा नियात्रा, संस्मरण, चाडपर्वको महिमा आदिका सम्बन्धमा लेख्न लगाउन सकिन्छ ।