
साप्ताहिक संवाददाता

अभिनेत्री निशा अधिकारीको परिचय सगरमाथा आरोहीका रूपमा पनि छ । चलचित्रमा हरेक प्रकारका भूमिका निर्वाह गरिसकेकी निशाले एउटा म्युजिक भिडियो निर्देशन गरेर निर्देशक बन्ने रहरसमेत पूरा गरिसकेकी छिन् ।
मंसिर १ गतेदेखि प्रदर्शनमा आउने चलचित्र झ्यानाकुटीमार्फत निशाले आफूलाई अभिनेत्रीबाट निर्मात्रीमा समेत रूपान्तरण गरिसकेकी छिन् ।
अहिले आएर उनी कोरियोग्राफरसमेत बनेकी छिन् । आफ्नै लगानीको पहिलो चलचित्रको तिमीलाई सानी....गीतमा निशाले सौगात मल्ल र बेनिशा हमाललाई कमेडी शैलीमा नचाएकी छिन् ।
त्यसो त उक्त गीतको कोरियोग्राफीमा निशालाई चलचित्रका निर्देशक सिमोस सुनुवारले पनि साथ दिएका छन् । यद्यपि धर्मेन्द्र सेवान तथा मारुती भण्डारीको स्वरको उक्त गीतमा सौगात र बेनिशाबीचको ठट्यौली संवादसमेत समावेश गर्ने आइडियाका लागि कोरियोग्राफर निशा अधिकारीलाई सलाम ।