साप्ताहिक संवाददाता
कार्तिक १९, २०७४
संसारकै पहिलो फाइभ जी स्मार्टफोनको तस्बिर सार्वजनिक भएको छ । ट्वीटर युजर शेरिफ हान्नाले आफ्नो ट्वीटर एकाउन्टमार्फत फाइभ जी स्मार्टफोनको तस्बिर सेयर गरेका हुन् । उनी चिपसेट निर्माता कम्पनी क्वालकममा एलटीई तथा फाइभ जी एनआरमा बजार प्रमुखको पदमा छन् । शेरिफले लेखेका छन्, ‘मेरो हातमा संसारकै पहिलो फाइभ जी स्मार्टफोन छ भन्ने कुरा विश्वास गर्न मलाई मुस्किल भैरहेको छ ।’
यसबाट क्वालकमले फाइभ जी स्मार्टफोन निर्माण गरेको अनुमान गरिएको छ । चिपसेट निर्माता कम्पनी क्वालकम तथा अन्य विभिन्न कम्पनीहरूले फाइभ जी प्रविधिमा कार्य गरिरहेका छन् । हालै जर्मनीको बर्लिनमा युरोपकै सर्वाधिक ठूलो टेलिकम कम्पनी डोएच टेलिकमले पनि फाइभ जी एन्टेना सार्वजनिक गरेको छ । कम्पनीले सन् २०२० सम्म यसलाई विश्व बजारमा उतारिसक्ने बताएको छ ।