साप्ताहिक संवाददाता
अमेरिकी मोबाइल कम्पनी मोटोरोलाले नेपाली बजार चार मोडलका नयाँ टेलिफोन सेट प्रस्तुत गरेको छ । मोटोरोलाले यसपटक मोटो सी, मोटो सी प्लस, मोटो इ–फोर तथा मोटो इ–फोर प्लस स्मार्टफोनलाई बजारमा उतारेको हो ।
मोटो ई–फोर प्लसको मुख्य विशेषता यसको ब्याट्री क्षमता हो । ५ हजार एमएएच ब्याट्री क्षमतायुक्त यो सेट एकपटक चार्ज गरेपछि दुई दिनसम्म टिक्छ भने यसको ब्याट्री अन्य सेटको तुलनामा तीव्र रूपमा चार्ज हुन्छ । ५ दशमलव ५ इन्चको डिस्प्लेयुक्त यो सेटमा १ लाख ६० हजार कलर छन्, जसले डिस्प्लेलाई चहकिलो बनाउँछ । क्वाडकोर १ दशमलव ३ गिगाहर्ज प्रोसेसर रहेको यो सेटमा ३ जिबी र्याम तथा ३२ जिबी इन्टरनल मेमोरी छ ।
फिंगर प्रिन्ट सेन्सरका आधारमा मोबाइल खोलिने हुनाले यो फोन बढी सुरक्षित छ । यो सेटको फ्रन्ट क्यामेरा ५ मेगा पिक्सेल क्षमताको छ । लेन्सको वाइडनेस ८४ डिग्री छ, जसले वाइड एंगलमा फोटो खिच्न मिल्छ भने सेल्फी खिच्न लाइट कम भयो भने यसको लिडलाई प्रयोगमा ल्याउन सकिने सुविधा छ । यो सेटको रिअर क्यामेरा भने १३ मेगापिक्सेलको छ । तीन फरक रंगमा उपलब्ध यो सेटको नेपाली बजार मूल्य २० हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।