म २० वर्षीया युवती हुँ । म हप्तामा एकपटक यौनसम्पर्क गर्छु । ममा चाहना पनि छ कि म यौनसम्पर्क गरूँ, तर किन हो ममा उत्तेजना नै हुँदैन । शारीरिक रूपमा मलाई सम्बन्धका लागि कुनै समस्या छैन । के मैले कुनै चिकित्सकबाट जाँच गराउनुपर्छ ? के यो कुनै रोग हो ?
- ०५६९३४
यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले ।गर्छ ।
यौनसम्पर्क, उत्तेजना र चरमसुख
तपाईंले पक्कै पनि मानव यौन प्रतिक्रिया चक्रका बारेमा सुन्नुभएको होला । पहिलो चरणलाई उत्तेजनाको चरण भनिन्छ र त्यसमा यौन उत्तेजना दिने क्रियाकलापलाई निरन्तरता दिए एबितभबग चरणमा पुगिन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । यौनसम्पर्क नै यसलाई प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । मैले तपाईंले यौनसम्पर्क राखेर पनि उत्तेजना नपाउने भन्नुभएको कुरा चरमसुखलाई भन्नुभएको मानेर जवाफ दिने प्रयास गरेको छु । अन्यथा भए पुन: आफ्नो कुरालाई विस्तृतमा लेख्नुहोला ।
महिलामा चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र त्यो आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप समेत बढ्छ । पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांसपेशी खुम्चने फुक्ने क्रम १० देखि १५ पटक सम्म हुन्छ ।
बुझ्नुपर्ने कुरा के छ भने आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि पनि केही कुरामा भने फरक हुन्छ । चरमसुखको स्थितिसम्म पुग्न पुरुषको तुलनामा महिलालाई बढी समय लाग्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन (stimulation) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एक पटकभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Periodम हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित हुन सक्दैनन्, तर महिलाले यौन चरमसुखपछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् ।
यौन चाहनाको सञ्चालन
यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् ।
एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यौन उत्तेजनामा स्वभाविक रूपमै इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो ।
यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनाङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलताका रूपमा परिभाषित गर्न सकिन्छ ।
महिलालाई यौन चरमसुख प्राप्त गर्न के कुरा सहयोगी हुन्छ ?
पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौन सम्पर्कमा यौन चरमसुखको अपेक्षा राख्नु मनासिव होइन । फेरि पुरुष माथि रहेर गरिने यौनसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षण नै हुँदैन । महिला माथितिर रहेर महिलाले आफूले चाहेजस्तो कटि प्रदेश चलाउन सक्छन् अनि भगांकुरलाई हात वा औंलाले वा यौन प्रसाधन जस्तै— भाइब्रेटर प्रयोग गरेर यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।
त्यसबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सहज हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत मिल्छ ।
पुरुषको तुलनामा महिलालाई यौन चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लिङ्ग झिक्दा यौन क्रियाकलापले निरन्तरता पाउन सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौनसम्पर्क पुरुषको तथा कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर गर्न सके महिलालाई यौनसम्पर्कबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न सहज हुन्छ ।
चरमसुख नै नहुने कुरा
यद्यपि केही व्यक्तिले चरमसुखको अनुभव नै गर्न सक्दैनन् भने अर्कातिर विभिन्न कारणले सजिलै यौन चरमसुख प्राप्त हुन सक्दैन । दीर्घ किसिमको विमारी, मधुमेह, कटि प्रदेशको चोटपटक, कतिपय उच्च रक्तचाप, एन्टिहिस्टामिन वा मानसिक रोगका औषधीको प्रभाव वा हार्मोनमा हुने असन्तुलनजस्ता कतिपय कुराले चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । कुनै पनि कारणले हुने चिन्ता वा निराशाले यौन क्रियाकलाप अनि यौन चरमसुख प्राप्तिमा असर गर्छ । अहिले आधुनिक समाजको दैनिक जीवनका चापाचापको कार्यशैली होस् वा आर्थिक कारणले हुने तनाव, यसमा त्यसको नकारात्मक प्रभाव पर्छ नै ।
स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, शंका वा जानकारी आवश्यक भए चिकित्सकलाई देखाउने वा सल्लाह लिने विचार उत्तम हो । त्यसका लागि आफूलाई के भएको हो अनि के जान्न चाहेको हो, राम्रोसँग तयारी गरेर जानुहोला ।