साप्ताहिक संवाददाता
कार्तिक २९, २०७४
कुनै स्वार्थका लागि राखिने प्रेमसम्बन्ध प्रेम होइन, मात्र आकर्षण हो ।
प्रेमको परिभाषा दिन सकिएला, तर त्यसको गहिराइ नाप्ने यन्त्र कहीँ–कतै छैन ।
प्रेम सत्यको अर्को रूप हो । त्यसैले प्रेम शब्दको अगाडि ‘साँचो’ वा ‘झूटो’ प्रयोग गरिरहनु पर्दैन ।
प्रेममा जस्तोसुकै अवस्थामा पनि त्याग र समर्पण विद्यमान रहन्छ ।
एक–आपसमा हुने कटाक्ष, असन्तुष्टि र झैझगडा अनि यो भएन, त्यो भएन भन्ने भावना प्रेममा कहिल्यै उत्पन्न हुँदैन ।
समाजमा घटिरहने विभिन्न घटना नियाल्दा यस्तो लाग्छ, अधिकांश मानिस प्रेमको खोजीमा सम्झौताको जीवन बाध्य छन् ।