साप्ताहिक संवाददाता
मंसिर २४, २०७४
थुप्रै टेलिश्रृंखला तथा केही चलचित्रमा सह–अभिनेत्रीका रूपमा अभिनय गरिरहेकी जेबिका कार्की पहिलो पटक एउटा चलचित्रमार्फत मुख्य अभिनेत्रीका रूपमा दर्शकमाझ आउने भएकी छिन् ।
छायांकनको तयारीमा रहेको चलचित्र जय श्री दाममार्फत जेबिका अभिनेत्रीका रूपमा प्रस्तुत हुनेछिन् । चलचित्रमा जेबिकाले अभिनेता अमृत ढुंगानासँग रोमान्स गर्ने बताइन्छ ।
विप्लव उप्रेतीद्वारा निर्देशन गरिने यो चलचित्रबाटै विनोद न्यौपाने पनि अभिनेताका रूपमा प्रस्तुत हुँदैछन् ।