साप्ताहिक संवाददाता
ओपोको नयाँ मोडल ओपो एफफाइभ कालो रंगमा सार्वजनिक भएको छ । सिक्स जीबीको एफफाइभको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । ओपो एफफाइभमा ६ जीबी र्याम तथा ६४ जीबी रोमसहित उत्कृष्ट प्रोसेसर जडान गरिएको छ ।
ओपो एफफाइभ सिक्स जीबीले प्रयोगकर्तालाई सहज अनुभूति प्रदान गर्नुका साथै स्टाइलिस तथा फेसनेबल ब्ल्याक कलरले उपभोक्तालाई सधैं फेसनेबल देखाउने कम्पनीको दाबी छ । यो फोनमा ६ इन्चको फुल एचडी स्क्रिन डिस्प्ले जडान गरिएको छ । यसमा रहेको १८:९ डिस्प्लेले जीवन्त दृश्यको मज्जा प्रदान गर्छ ।
ओपो एफफाइभ यूथ
२७ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध ओपो एफफाइभ युथमा कम्पनीले १६ एमपी सेल्फी क्यामेरा (एफ/२.०) तथा १३ एमपी रियर क्यामेरा जडान गरेको छ । २१६०ह१०८० रिजोल्युसन (एफएचडी+) एवं ६ इन्च फुल–स्क्रिनको यो फोनले उत्कृष्ट दृश्य तथा सेल्फीको अनुभव प्रदान गर्छ । ओपोले नयाँ फोनमा ब्यूल्ट–इन ब्युटिफिकेसन प्रविधिलाई परिष्कृत गर्दै स्मार्ट आर्टिफिसियल इन्टेलिजेन्सी तथा ओप्टिमाइजेसन्स समाहित गरेको छ ।