साप्ताहिक संवाददाता
नेपाली चलचित्रमा एक जना यस्ता कलाकार छन्, जसको नाममात्र होइन अनुहार तथा हेयरस्टाइल समेत हलिउड अभिनेता ज्याकी च्यानसंग मिल्छ । उनी हुन् दुई दर्जनभन्दा बढी चलचित्रमा विभिन्न भूमिका निर्वाह गरिसकेका कलाकार– ज्याक श्रेष्ठ ।
ज्याकको नाम नै अनौठो छ । उनी आफ्नो अनुहार, हेयरस्टाइल तथा नाम ज्याकी च्यानसँग मिल्नुलाई संजोगमात्र मान्छन् । ज्याकलाई ज्याकीसँग अनुहार त होइन हेयरस्टाइल चाहिं मिल्छ भन्नेहरू प्रसस्तै छन् । यद्यपि ज्याक भने आफ्नै नामले चिनिन चाहन्छन् । चलचित्र त्रिदेवबाट अभिनय क्षेत्रमा आएका ज्याकले त्यसपछि पशुपतिप्रसाद, झिल्को, हिरोज, लालजोडी, निर्भय, राधे, लभ लभ लभ, रुद्र, धनपति, ज्याकपोट, आवारा, पिंजडा ब्याक अगेन, उडान जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । मोरंगको विराट कला समुहबाट अभिनय यात्रा प्रारम्भ गरेका ज्याक अब चलचित्र क्षेत्रमै सक्रिय रहने बताउँछन् ।