साप्ताहिक संवाददाता
इश्वी सम्बत् १९९५ को सुपरहिट फेन्टासी चलचित्र ‘जुमाञ्जी’मा आधारित भएर वर्ष २०१७ को अन्तिम हलिउड चलचित्रका रूपमा आज शुक्रबार चलचित्र ‘जुमाञ्जी’ सार्वजनिक हुँदैछ । नेपालका मल्टिप्लेक्सहरूमा समेत थ्रीडी भर्सनमा प्रदर्शन हुन लागेको यो चलचित्रमा एउटा जादुयी गेम खेलिन्छ ।
गेम खेल्दै जाँदा खेलमा सहभागीहरू अर्कै संसारमा पुग्छन्, जहाँ उनीहरूले ज्यानै जोगाउने गरी विभिन्न परिस्थितिसँग लड्नु पर्ने हुन्छ । ज्यानकै बाजी राख्ने उक्त गेमलाई १९९५ मा लुडोका रूपमा प्रस्तुत गरिएको थियो भने यसपटक त्यसलाई भिडियो गेमका रूपमा प्रस्तुत गरिएको छ, जसमा एनिमेसन र भिज्युअल इफेक्टस्को भरपुर प्रयोग गरिएको छ । त्यसकारण यसपटकको चलचित्र ‘जुमाञ्जी’ फेन्टासीका साथै हाइटेक समेत भएको छ ।
निर्देशक : जेक कासडान
संगीत : हेनरी ज्याकम्यान
कलाकार : डावेन जोहान्सन द रक, ज्याक ब्ल्याक, केभिन हार्ट, करेन गिल्लान, निक जोनास, बबी कान्नाभेल आदि ।
चलचित्र जुमाञ्जीको ट्रेलर