साप्ताहिक संवाददाता
पुस २३, २०७४
आगामी माघ ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लालपुर्जा’को दोस्रो ट्रेलर रिलिज भएको छ । दाजु–भाईबीचको मनमुटाव र मितेरी गाउँको कथामा आधारित यो चलचित्र कमेडी जनरामा बनेको चलचित्र हो ।
निगम श्रेष्ठले निर्देशन गरेको चलचित्रमा नेगेटिभ बुद्धको प्रस्तुति रहेको छ । चलचित्रमा सौगात मल्ल र विपिन काकर्कीका साथमा कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी, कमलमणि नेपाल, हरिहर शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई विक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हुन् ।
चलचित्र ‘लालपुर्जा’को दोस्रो ट्रेलर :