साप्ताहिक संवाददाता
पिँडालु
पिँडालुमा भिटामिन ई तथा ए हुने भएकाले यसको सेवनले छालालाई फाइदा मिल्छ ।
यसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ ।
फोक्सो तथा मुखको क्यान्सर हुने सम्भावना कम गर्छ ।
एनिमियाँबाट जोगाउनुका साथै रक्तसञ्चार पनि राम्रो बनाउँछ ।
सखरखण्ड
सखरखण्डमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ ।
यसबाट फाइबर, क्यारोटिन, भिटामिन ए, बी, सी, क्याल्सियम, आइरन तथा पोटासियमसमेत प्राप्त गर्न सकिन्छ ।
यसको सेवनले क्यान्सर निवारण हुनुका साथै मोटोपन घटाउन सहयोग पुग्छ ।
सखरखण्ड खाए क्याल्सियम कम हुनबाट जोगिन सकिन्छ ।
तरुल
माघेसंक्रान्तिमा अघिल्लो दिन उसिनेर राखेको तरुल खाने चलन छ ।
तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुन्छ ।
तरुलमा विभिन्न किसिमका पौष्टिक तत्त्व पाइन्छ ।
माघमा बढी चिसो हुने भएकाले इनर्जी प्राप्त गर्न तरुल खानु बेस हुन्छ ।