साप्ताहिक संवाददाता
माघ ३, २०७४
यौन मनोविज्ञानमा आधारित चलचित्र ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । चलचित्रकी अभिनेत्री छुल्ठिम गुरुङलाई फिचर गरिएको आइटम गीतसंगै चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो । उक्त गीतमा छुल्ठिमका साथै अभिनेता गौरव पहारी र कमलमणि नेपालले पनि कम्मर भाँचेका छन् । करिब १ करोडको लगानीमा चलचित्रको छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।
विशारद बस्नेतले निर्देशन गरेको चलचित्रमा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहेको छ । यो चलचित्र आउँदो बैशाखको अन्तिम साताबाट प्रदर्शनमा आउँने छ ।