साप्ताहिक संवाददाता
अमेरिकाको लसभेगासमा बर्सेनि आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स एक्स्पो यसपटक पनि सबैको आकर्षणमा रह्यो । यो मेलामा विश्वका चर्चित कम्पनीहरूले आफूले विकास गरेका नवीनतम प्रविधि तथा उपकरणहरू प्रस्तुत गर्छन् । यसपटक विभिन्न कम्पनीले प्रस्तुत गरेका केही नयाँ प्रविधि एवं उपकरण :
रिचार्जेबल लकफिंगरप्रिन्ट प्रविधिका आधारमा खुल्ने र बन्द हुने ताल्चा अर्थात् लक कन्जुमर प्रदर्शनीको अर्को उपलब्धि थियो । यसलाई मानिसको औंलाका मद्दतले खोल्न वा बन्द गर्न सकिन्छ । यसलाई एक पटक चार्ज गरे वर्षैभरि प्रयोग गर्न सकिन्छ ।
क्लथफोल्डिङ मेसिनकपडा पट्याउन यो मेसिन प्रयोग गर्न सकिन्छ । यसले १ मिनेटमा १० थान कपडा पट्याउन सक्छ । यसले पुरुष र महिलाको कपडा पहिचान गरी छुट्याएर समेत राख्छ । यसको एड्भान्स मोडलले कपडा र त्यसको कभर समेत छुट्याएर राख्छ ।
भीआरमा भिभो प्रोभीआर सेटमा प्रतिस्पर्धा बढ्दै गएको उदाहरण यसपटकको मेलामा समेत देखियो । यो मेलामा धेरैले नयाँ–नयाँ सुविधायुक्त भीआर सेट सार्वजनिक गरे, जसमध्ये एचटीसीको भिभो प्रोले धेरैको मन जित्यो । पिक्चरको रिजोलुसन, सार्पनेस, ग्राफिक्स तथा त्यसमा रहेको हेडफोनका कारण यो सेट धेरैको आकर्षणमा परेको थियो । एडप्टर तथा वायरलेसमार्फत चलाउन मिल्ने यो सेटको प्रतिस्पर्धा लेनोभो, मिराज सोलोजस्ता कम्पनीका सुविधायुक्त हेडसेटहरूसँग छ ।
म्याजिक टुथब्रस
अगमेन्टेड रियालिटीयुक्त टुथब्रसले बालबालिकाहरूलाई ब्रस गर्न प्रेरित गर्छ । यो टुथब्रसले भर्चुअल रूपमा बालबालिकाहरूलाई उनीहरूले चाहेको स्थानमा पुर्याउँछ । राम्रो तरिकाले ब्रस गरे यसले पुरस्कारका रूपमा स्टिकरसमेत पठाउँछ ।
फोल्ड हुने इलेक्ट्रिक स्कुटरयुजेटले फोल्ड हुने इलेक्ट्रिक स्कुटर तयार पारेको छ । यो स्कुटरका सबै पार्ट्स छुट्याएर राख्न सकिन्छ । यसको सिटको भागलाई लगेजका रूपमा समेत प्रयोग गर्न सकिन्छ । यो मेलामा एयर ट्याक्सी बेल हेलिकप्टर कम्पनीले एयर ट्याक्सीको क्याबिन प्रदर्शन गरेको थियो । यसलाई इन्टरनेट अफ थिंग्सको एक हिस्सा मानिएको छ । यसले यात्रा गर्ने मानिसलाई सधैं इन्टरनेटसँग कनेक्ट हुन सहयोग पुर्याउनेछ । सन् २०२० सम्ममा तयार भैसक्ने यो हेलिकप्टर क्याबिन अटोनोमस कारहरूझंै चालकविहीन हुनेछ ।