• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
सूचना–प्रविधिको नेपाली महामेला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नितेश उपाध्याय

सूचना–प्रविधिको नेपाली महामेला
माघ २२, २०७४

विश्वका विभिन्न स्थानमा विभिन्न नाममा आयोजना हुने प्रविधि मेला जस्तै गरी सञ्चालन गर्ने प्रयास गरिए पनि नेपालमा सूचना–प्रविधिको सबैभन्दा ठुलो मेलाका रूपमा सञ्चालित क्यान इन्फोटेक भने यसपटक पनि पुराना सामग्रीको स्टक सक्ने थलोजस्तो देखियो । यति हुँदाहुँदै पनि यसपटक क्यानको ‘सफ्टवेयर पेभेलियन’ ले केहि नयाँपन पनि दिएको थियो । नेपालको परिप्रेक्ष्यमा नयाँपनको चाहना गर्नेहरूका लागि इन्फोटेकमा भएका केही आकर्षण :

सारथि क्याब

काठमाडौंका हरेक नागरिक ट्याक्सी चढ्न डराउने अवस्था थियो, केहीअघिसम्म । यही डर हटाउन तथा काठमाडौंको ट्याक्सी यात्रालाई यात्रुमैत्री तुल्याउन लागिपरेको छ— सारथि क्याब । सारथिमार्फत यात्रुहरूले आफ्नै मोबाइलको सहयोगमा ट्याक्सी बुक गर्न सक्छन् ।

अचम्मको कुरा त के छ भने यी सबै ट्याक्सीले सरकारले स्वीकृत गरेको भाडादरमै यात्रु बोक्छन् । हरेक ट्याक्सीमा जीपीएस जडान गरिएको छ, जसको सहायताबाट ती ट्याक्सी कहाँ छन् भनेर प्रत्यक्ष निगरानीमा रहन्छन् । त्यसै गरी सारथिमा आबद्ध ट्याक्सीले कहाँबाट कहाँसम्म यात्रुलाई लाँदा कति भाडा उठायो भन्ने रेकर्ड पनि कन्ट्रोल रुममा पुग्छ र सबै भिडियो कन्ट्रोल रुमबाट हेर्न सकिन्छ । अहिले काठमाडौंमा मात्र चलिरहेको सारथि निकट भविष्यमा देशैभरि सञ्चालनमा आउने यसका सञ्चालकहरू बताउँछन् । सारथिमार्फत सेवा लिन ९८१०१००६०० मा फोन गर्न सकिन्छ ।

फुड मारियो

काठमाडौंको व्यस्त जीवनशैली र त्यससँगै स्वस्थ खाना नपाइने अवस्था रहेकै बेला काठमाडौंमा खुलेको फुड मारियो नामक व्यवसायको स्टल पनि क्यान इन्फोटेकको आकर्षणमा रह्यो । हुन त यो खाद्यव्यापार हो, तर व्यस्त जीवनशैली भएका र सुचना प्रविधिमा चासो राख्ने व्यक्तिहरू इन्फोटेकमा भेला हुने भएकाले आफ्नो व्यवसायको जानकारी दिन स्टल राखिएको बताउँछन् फुड मारियोका संस्थापकहरू ।

काठमाडौंमा खाना डेलिभरी गर्ने विभिन्न व्यवसायिक संस्था छन् । यद्यपि फुड मारियो अरू व्यवसायभन्दा फरक छ । यो व्यवसाय खाना डेलिभरी गर्ने भन्दा पनि कुनै घरेलु महिलाले आफ्नै भान्सामा पकाएको खानालाई कुनै कार्यालयमा घरेलु खाना खान खोज्ने व्यक्तिसँग सम्पर्क स्थापित गराउने पुलका रूपमा स्थापना गरिएको हो ।

बी क्रिएटिभ

विद्यालयमा छोराछोरीहरूले के–कस्तो शिक्षा लिन्छन् ? के विद्यालयमा प्राप्त सैद्धान्तिक ज्ञानले मात्र उनीहरूको बौद्धिक विकासमा सहयोग पुर्‍याउँछ ? यदि तपाईंलाई सैद्धान्तिक ज्ञान मात्र पू्र्ण हो जस्तो लाग्दैन भने तपाईंको सोच बी क्रिएटिभका संस्थापकसँग मिल्छ भनेर बुझ्नुहोस् ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप गराउने चलन स्थापना गर्न खोलिएको यो व्यवसायले कक्षा ३ देखि ९ सम्म व्यवहारिक शिक्षाको आवश्यकता बुझेर अतिरिक्त क्रियाकलाप कक्षा स्थापना गराउँदै आएको छ । क्यान इन्फोटेकमा उक्त संस्थाले गुरुत्वाकर्षण केन्द्र, कन्डक्टर, आकारको खेल आदि प्रदर्शनीमा राखेको थियो ।

योर्स वाईफाई

तपाईं कुनै पसल वा क्याफे संचालन गर्दै हुनुहुन्छ र त्यहाँ वाईफाइ जडान गर्न चाहनुहुन्छ भने योर्स वाईफाई तपाईको छनौटमा पर्न सक्छ । अहिले व्यापारिक स्थलमा राखिने वाईफाई ‘खर्च’ का रुपमा मात्र देखिन्छ, तर योर्स वाईफाईले व्यवसायीहरूलाई आम्दानीको नयाँ स्रोतसमेत जुटाइदिने यसका संस्थापकहरू बताउँछन् । योर्स वाईफाई राख्दा, त्यसलाई प्रयोग गर्ने व्यक्तिको इमेल, फेसबुक आईडी आदि संकलन गरिने हुँदा, त्यसलाई मार्केटिङका रूपमा प्रयोग गरी त्यसबाट समेत थप आम्दानी गर्न सकिन्छ भने ग्राहकको थप विवरणसमेत संकलन गर्न सकिन्छ ।

घरभेटी

काठमाडौंमा आफूले चाहेजस्तो कोठा भाडामा पाउन त परै जाओस्, कोठा पाउनै एकदम कठिन छ । यही समस्या हल गर्न आएको हो— घरभेटी । घरभेटी डटकमले कोठा भाडामा लिन र दिन चाहनेहरूबीच पुलको काम गर्छ । घरभेटीको वेबसाइटमा गएर आफुले कस्तो खालको कोठा, फ्ल्याट खोजेको हो विवरण उल्लेख गरेर आफू अनुकूल कोठा खोज्न सकिन्छ ।

घरभेटीमार्फत आफ्नो पायक पर्ने स्थान र पैसा अनुसार आफुले घर, फ्ल्याट, कोठा, अपार्टमेन्ट, होस्टल के खोज्ने हो विवरण हाले उपलब्ध सबै स्थान देखिन्छन् भने त्यहींबाट त्यो ठाउँ बुकसमेत गर्न सकिन्छ । बुक गरिसकेपछि घर–कोठा भाडामा दिने घरबेटी र तपाईंले सिधै कुराकानी गर्न सक्नुहुन्छ । त्यसैगरी आफूले खोजेजस्तो ठाउँ उपलब्ध छ भने तपाईंले घरभेटीमार्फत नोटिफिकेसन समेत प्राप्त गर्न सक्नुहुन्छ । 

सस्तो बजार

क्यान इन्फोटेकमा पुगेका सूचना–प्रविधिसँग प्रत्यक्ष्य सरोकार राख्ने व्यक्तिहरूले क्यान इन्फोटेक जानकारीमूलकभन्दा पनि व्यापार उन्मुख भएको अनुभव सुनाए । क्यानको रणनीति कम्प्युटर र मोबाइल पसलेलाई एकै ठाउँमा भेला पारेर व्यापार गर्ने भएको आरोप लगाउनेहरू पनि प्रशस्तै भेटिए ।

वर्षैपिच्छे अवलोकनकर्ताको संख्या बढे पनि नयाँपन खोज्ने अवलोकनकर्तालाई भने इन्फोटेकले निराश तुल्याएको छ । क्यानले आफूलाई छुट दिएर विभिन्न उत्पादन बेच्ने सस्तो बजारकै रूपमा विस्तार गरेको कुरामा समर्थन गर्नेहरू प्रशस्तै छन् । त्यसै गरी ठुला मोबाइल कम्पनीको उपस्थिति नहुनुले पनि क्यान इन्फोटेकलाई केहि खल्लो बनाएको छ भने त्यहाँ थोरै मात्र इन्टरनेट सेवा प्रदायकको सहभागिता देखिन्थ्यो । 

मुख्य कुरा त भारी छुट र सस्तोमा सामान पाइन्छ भन्ने अपेक्षा गरेर क्यान इन्फोटेक पुग्ने अवलोकनकर्ताहरू पनि निराश नै भए । महाबौद्ध र न्युरोडका कम्प्युटर र इलेक्ट्रोनिक पसल तथा त्यहींको जस्तो सामानको मूल्य र छुट देख्दा क्यान इन्फोटेकले महाबौद्धको सस्तो होलसेल बजारको अनुभूति मात्र दियो भन्नेहरूको कमी रहेन ।

सूचना–प्रविधिबाहेक अन्य सेवाका स्टल

सूचना–प्रविधिको कुम्भमेला क्यान इन्फोटेकमा सुचना प्रविधि बाहेकका अन्य सामग्रीहरू पनि देख्न पाइन्थ्यो । बिभिन्न पुस्तक र कलम बेच्ने स्टेसनरी पसल गएको अनुभवदेखि लुगाको भुवा निकाल्ने यन्त्र पनि क्यान इन्फोटेकमा देख्न पाइन्थ्यो । त्यस्तै सर्वोच्च अदालत, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) देखि ट्राफिक प्रहरी पनि स्टलसहित इन्फोटेकमा उपस्थित थिए । त्यस्तै झोला बेच्ने स्टलसमेत इन्फोटेकमा थिए । 

सूचना प्रविधिका नयाँ यन्त्रको प्रवद्र्धनको अभाव

विभिन्न व्यवसायीहरूले मेलामा नयाँ प्रविधिको प्रवद्र्धन गर्ने आश्वासन दिएका थिए । जस्तै मोटोरोला, डिजिकम, टिपिलिङ्क, नेटिस आदि ब्रान्डका नयाँ सामग्री प्रवद्र्धन गर्ने हल्ला बजारमा भए पनि स्थलगत भ्रमणका क्रममा त्यसो गरिएको पाइएन । व्यवसायीहरू धमाधम ग्राहकको मागअनुसारका सामानको बिक्रीमा लागेको पाइयो तर प्रवद्र्धन गरिएका सामग्रीका सम्बन्धमा जानकारी दिन न व्यवसायीहरूले चासो देखाए, न त अवलोकनकर्ताहरू नै उत्सुक देखिए ।

इन्टरनेट सेवाप्रदायकहरू नयाँ ग्राहकको सूची बनाउनमै व्यस्त देखिए भने सगुन, सोनी, डिटिसी आदिका स्टल भने अवलोकनकर्ताहरूलाई आकर्षित गर्न एप इन्स्टल गराउनेदेखि नाचगान समेत गराएर पुरस्कार बाँड्ने काममा सम्म संलग्न भए ।

अन्त्यमा 

कम्प्युटर, पेनड्राइभलगायतका उपकरण किन्नेहरूका लागि निकै उपयोगी छ यो मेला, तर कम्प्युटर विज्ञान र प्रविधिका शुभचिन्तक तथा विद्यार्थीहरूलाई खासै आकर्षित गर्न सकेन यसपालिको क्यान इन्फोटेकले ।

सूचना प्रविधिको देशकै ठुलो मेला क्यान इन्फोटेकले दुई दशकभन्दा बढीको यात्रा गरिसक्दा सूचना–प्रविधिको क्षेत्रमा ठूलो योगदान पुर्‍याएको छ, तर दुई दशक लामो अनुभव प्राप्त यो मेलाले जानकारी र नयाँपनलाई भन्दा पनि व्यापारलाई नै प्रवद्र्धन गर्दै ‘व्यापारिक थलो’ बन्नु दु:खद छ । नेपालमै भएका प्राविधिक उत्पादन र स्टार्टअपहरूलाई थप प्रवद्र्धन गर्न सके क्यान इन्फोटेक साँच्चैको प्रविधि कुम्भ बन्न सक्छ कि ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik