साप्ताहिक संवाददाता
फाल्गुन १४, २०७४
चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ‘टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार भिडियो सार्वजनिक गरिएको हो । गीतमा सुरज पण्डितको शब्द/संगीत तथा स्वर रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र झाका साथमा श्रद्धा प्रसाई, स्मिृती पोख्रेल र इलियन मरान्डालाई प्रस्तुत गररिएको छ ।
विशमरद बस्नेतले निर्देशन गरेको चलचित्र ‘मिस्टर भर्जिन’मा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
टुल्की गीतको भिडियो :