साप्ताहिक संवाददाता
फाल्गुन २७, २०७४
बालबालिकाको कोठामा पढ्ने तथा इन्डोर गेम्स खेल्ने खुल्ला ठाउँ हुनुपर्छ ।
स्टडी टेबलका साथमा एउटा क्लिप बोर्ड भए पिनको सहायताले आवश्यक कागजात राख्न सकिन्छ ।
बालबालिका साना भए खेलौना राख्न कोठामा प्लास्टिकका आकर्षक कन्टेनर राख्न सकिन्छ ।
बालबालिकाको कोठामा पर्दा, बेडसिट तथा पिलोकभरमा कार्टुन क्यारेक्टर एवं पुतलीका चित्र प्रयोग गर्न सकिन्छ ।
बालबालिकाको कोठालाई थप आकर्षक बनाउन भित्तामा फूल तथा कार्टुन क्यारेक्टरका वालपेपर लगाउन सकिन्छ ।