साप्ताहिक संवाददाता
चैत्र ४, २०७४
छैठौँ दक्षिण एसियाली व्यापारिहरुको सम्मेलनमा फेसन शो को आयोजना गरियो । दक्षिण एसियाका फेसन डिजाइनरहरुले डिजाइन गरेका ड्रेसहरुमा विभिन्न मोडलहरुले क्याटवाक गरेका थिए ।
काठमाडौंको हायात होटलमा सम्पन्न उक्त फेसन शोमा सार्क राष्ट्रकै मोडलहरुले सहभागीता जनाएका थिए । उक्त फेसन शोमा अनु श्रेष्ठ र मुक्ता श्रेष्ठले नेपालका तर्फबाट क्याटवाक गरेका थिए ।