हिडन ट्रेजरले चैत २८ गते बुधबार काठमाडौंमा आयोजना गर्ने २३ औं संस्करणको मिस नेपाल–२०१८ प्रतियोगितामा देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने २५ जना युवती सहभागी हुने भएका छन् । २० देखि २४ वर्ष उमेर समूहका यी सुन्दरीहरू विभिन्न शैक्षिक पृष्ठभूमिका छन् । प्रतिस्पर्धीहरूमध्ये अधिकांशले स्नातक तह उत्तीर्ण गरेका छन् । ५ फिट साढे ४ इन्चदेखि ५ फिट ९ इन्चसम्म अग्ला सुन्दरीहरूबीच प्रतियोगितामा विभिन्न पाँच महत्वपूर्ण उपाधिका लागि रोचक प्रतिस्पर्धा हुने निश्चित छ ।
काठमाडौंकी २२ वर्षीया महिमा सिंह ५ फिट ६ इन्च अग्ली छिन् । बीबीएको अध्ययन पूरा गरेकी महिमा मिस नेपाल २०१८ की प्रतियोगी नम्बर एक हुन् । दुई वर्षअघि सम्पन्न इन्टरकलेज फेसन शोमा बेस्ट फिमेलको एवार्ड जितेकी महिमालाई नयाँ काम गर्न तथा परीक्षण गर्न मन पर्छ । नयाँ ठाउँ घुम्न तथा नयाँ व्यक्तिलाई भेट्न मन पराउने महिमा खानेकुरा बनाउनसमेत सिपालु छिन् । साल्सा डान्समा अब्बल महिमाले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् ।
काठमाडौंकी २२ वर्षीया रोनाली अमात्य मिस नेपाल–२०१८ की प्रतियोगी नम्बर २ हुन् । ५ फिट ७ इन्च अग्ली रोनालीले बीबीएम उत्तीर्ण गरेकी छिन् । रोनाली मोडल हुन् । उनले विभिन्न विज्ञापन तथा र्याम्पमा क्याटवाकको अनुभव हासिल गरिसकेकी छिन् । युवाहरूलाई सशक्त बनाउने अभियानको नेतृत्व गर्ने लक्ष्य लिएकी रोनाली प्रेरणादायी पुस्तकहरू पढ्न, अनुसन्धान गर्न तथा स्वस्थ खानेकुरा बनाउन मन पराउँछिन् । आफूलाई सधैं फिटनेस राख्न तम्तयार हुने रोनाली आफूमा भएको आत्मविश्वास नै आफूलाई मिस नेपालको उपाधि जिताउने एउटा माध्यम भएको बताउँछिन् ।वीरगन्जकी २३ वर्षीया काश्या अधिकारी प्रतियोगी नम्बर ३ हुन् । बीबीए उत्तीर्ण काश्या ५ फिट ५ इन्च अग्ली छिन् । सन् २०१० मा सम्पन्न एञ्जल–२०१० मा सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल काश्या भविष्यमा सफल उद्यमी बन्न चाहन्छिन् । अहिलेदेखि नै व्यवसायमा संलग्न भैसकेकी काश्यालाई नृत्य, गायन, हाइकिङ तथा प्रकृतिसँग नजिक हुने रहर छ । नृत्यमा अब्बल काश्याले विगतमा उत्कृष्ट नृत्य प्रदर्शन गरेरै धेरै एवार्ड जितिसकेकी छिन् ।
विराटनगरकी अनुपमा बास्तोला मिस नेपाल–२०१८ की प्रतियोगी नम्बर ४ हुन् । २१ वर्षीया अनुपमा ५ फिट ५ इन्च अग्ली छिन् । उनले मानविकीमा स्नातक गरेकी छिन् । अनुपमालाई यात्रा गर्न मन पर्छ । यात्राले समाज र वातावरणसंग जोडिएका हरेक कुरासँग नजिक गराउँछ भन्ने उनको धारणा छ । पूर्वी नेपालमा सञ्चारकर्मीको छवि बनाएकी अनुपमा कुशल कार्यक्रम प्रस्तोता समेत हुन् । एउटा संस्था स्थापना गरेर युवा सशक्तिकरण तथा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेकी अनुपमा सामाजिक कार्य गरेवापत विराटनगर उपमहानगरपालिकाबाट पुरस्कृतसमेत भएकी थिइन् । अनुपमाले भविष्यमा सफल व्यक्तित्व बन्ने लक्ष्य लिएकी छिन् ।
मिस नेपाल–२०१८ की प्रतियोगी नम्बर ५ हुन् सन्ध्या अधिकारी । २३ वर्षीया सन्ध्या चितवनको भरतपुरकी स्थायी बासिन्दा हुन् । ५ फिट ६ इन्च अग्ली सन्ध्याले डेन्टल सर्जरीमा स्नातक गरेकी छिन् । स–साना बालबालिकाहरूसँग झुम्मिन पाउँदा असाध्यै खुसी हुने सन्ध्याले भविष्यमा सफल दन्त रोग विशेषज्ञ हुने लक्ष्य लिएकी छिन् । सामाजिक कार्यमा समेत रुचि राख्ने सन्ध्या नृत्य गर्न, गीत गाउन, यात्रा गर्न तथा बास्केटबल खेल्न रुचाउँछिन् । दौडमा अब्बल सन्ध्याले भविष्यमा सफल व्यक्तित्व बन्ने लक्ष्य लिएकी छिन् ।
काठमाडौंकी २१ वर्षीया शर्वाणी पाण्डे ५ फिट ६ इन्च अग्ली छिन् । अंग्रेजी साहित्य तथा राजनीति शास्त्रमा स्नातक गरेकी शर्वाणी नृत्यमा अब्लल छिन् । उनले शास्त्रीय नृत्यमा समेत डिप्लोमा गरेकी छिन् । पर्फर्मिङ आर्ट्सको समेत अनुभवी शर्वायणी आकर्षक नृत्य तथा अभिनय प्रस्तुत गरेरै थुप्रै पुरस्कारसमेत जितेकी छिन् । तीमध्ये कलर्स अफ एक्सिलेन्स एवार्डलाई महत्वपूर्ण मान्छिन् । शर्वाणी ड्रामाटिक्स सोसाइटीकी अध्यक्षसमेत हुन् । आफूलाई आध्यात्मिक स्वभावको बताउने शर्वाणी नियमित ध्यान तथा योग समेत गर्छिन् । शर्वाणीले भविष्यमा कुशल अभिनेत्री बन्ने लक्ष्य लिएकी छिन् ।
भरतपुर, चितवनकी सुस्मिता सापकोटा प्रतियोगी नम्बर ७ हुन् । २३ वर्षीया सुस्मिता ५ फिट ६ इन्च अग्ली छिन् । उनले चार्टड एकाउन्टेन्सीको अध्ययन पूरा गरेकी छिन् । कर तिर्ने कार्यलाई बेवास्ता गर्नेहरूलाई कर सचेतना कार्यक्रम गर्ने लक्ष्य लिएकी सुस्मितालाई रंगहरूसँग खेल्दै चित्रकला गर्न मन पर्छ । प्राय: सधैं रमाइलो गर्न तथा साथीहरूसँग घुलमिल हुन रुचाउने सुस्मिता आफूलाई राम्रो खेलाडी समेत मान्छिन् । विभिन्न खेल खेलर पुरस्कृतसमेत भैसकेकी उनी नेपाल जुनियर सर्कलकी पूर्वअध्यक्षसमेत हुन् । गायनमा रुचि राख्ने सुस्मिताले पहिलो संस्करणको नेपाल आइडलमा समेत भाग लिएकी थिइन् ।
काठमाडौंकी प्रिया सिग्देल प्रतियोगिताकै सबैभन्दा अग्ली प्रतिस्पर्धी हुन् । प्रतियोगी नम्बर ८ उनी ५ फिट ९ इन्च अग्ली छिन् । २३ वर्षीया प्रियाले डेभलपमेन्ट स्टडिजमा स्नातक गरेकी छिन् । सामाजिक अभियन्ताका रूपमा सक्रिय प्रिया गैर नाफामूलक संस्था हात्तीहात्तीकी सञ्चालिकासमेत हुन् । उनी महिनावारी–स्वच्छतासम्बन्धी विषयकी अभियन्तासमेत हुन् । उनले स्विट्जरल्यान्डमा सम्पन्न ग्लोबल चेन्ज मेकर फोरम तथा बंगलादेशमा सम्पन्न यूथ एक्सचेन्ज कार्यक्रममा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । नृत्य र यात्रामा रुचि राख्ने प्रियाले भविष्यमा सफल सामाजिक अभियन्ता बन्ने लक्ष्य लिएकी छिन् ।
विराटनगरकी शिक्षा संग्रौला प्रतियोगी नम्बर ९ हुन् । २२ वर्षीया शिक्षा ५ फिट ५ इन्च अग्ली छिन् । उनले बीबीएसम्मको अध्ययन पूरा गरेकी छिन् । आफ्नो अध्ययनलाई व्यवसायिक करियरमा मात्र उपयोग नगरी सामाजिक उत्तरदायित्यसमेत निर्वाह गर्ने योजना बनाइरहेकी शिक्षा सन् २०१३ देखि मोडलिङ क्षेत्रमा पनि सक्रिय छिन् । कविता–लेखन, गायन तथा फुटसल खेल्न रुचि राख्ने शिक्षाले सन् २००७ मै लिटिल क्विन नेपाल–२००७ तथा सन् २०१४ मा लिरिल फ्रेस फेसको उपाधि जितिसकेकी छिन् । भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी शिक्षाले अहिले आफ्नै एउटा रेस्टुराँ तथा फेसन एकेडेमी सञ्चालन गरिरहेकी छिन् ।
गोरखाकी २२ वर्षीया मनिता देवकोटा मिस नेपाल–२०१८ की प्रतियोगी नम्बर १० हुन् । ५ फिट ७ इन्च अग्ली मनिताले बीएस्सी उत्तीर्ण गरेकी छिन् । स्वास्थ्य विज्ञानमा विशेष रुचि राख्ने मनितालाई महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने चाहना छ । महिला सशक्तीकरण तथा बालिकाहरूलाई शिक्षा दिनुपर्छ भन्ने सोचाइ राख्ने मनिता जन स्वास्थ्य क्षेत्रमै कार्यरत छिन् । सिज द फस्र्ट तथा डेज फर गल्र्सजस्ता गैरसरकारी संस्थाहरूमा आबद्ध मनिता यी संस्थामार्फत बालिकाहरूको शिक्षा तथा प्रजनन स्वास्थ्य शिक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्छिन् ।
काठमाडौंकी २२ वर्षीया अनाश्रुत पन्त प्रतियोगी नम्बर ११ हुन् । ५ फिट ७ इन्च अग्ली पन्तले बीबीए उत्तीर्ण गरेकी छिन् । पन्तको एउटा अचम्मको स्वभाव छ । उनलाई जुन कुराले जीवनमा खुसी दिन्छ, त्यसमै उनी रमाउँछिन् । उनलाई जीवन परिवर्तन गर्ने तथा रमाइला पुस्तकहरू पढ्ने ठूलो सौख छ । उनलाई प्रजेन्टेसन दिन पनि उत्तीकै मन पर्छ । पब्लिक स्पिकिङमा समेत रुचि राख्ने उनलाई विश्व भ्रमण गरेर मानिसहरूको जीवनका बारेमा जानकारी लिने चाहना छ । साइक्लिङ तथा ब्याडमिन्टन खेल्न मन पराउने पन्तले उनी अध्ययनरत कलेजबाट बेस्ट प्रजेन्टर लिडर तथा पर्फर्मर एवार्डबाट पुरस्कृत भैसकेकी छिन् । भविष्यमा उनले सफल सामाजिक अभियन्ता बन्ने लक्ष्य लिएकी छिन् ।
पोखराकी २४ वर्षीया ज्योत्सना क्षेत्री प्रतियोगी नम्बर १२ हुन् । ५ फिट ६ इन्च अग्ली ज्योत्सनाले नर्सिङमा स्नातक उत्तीर्ण गरेकी छिन् । पेशाले उनी नर्स हुन् । फुर्सदको समयमा आफ्नो रुचिका काम गर्न मन पराउने ज्योत्सना नियमित रूपमा जिम पनि जान्छिन् । उनलाई नृत्य गर्न, सार्वजनिक समारोहलाई सम्बोधन गर्न तथा आफ्नो भनाइमार्फत मानिसहरूको ध्यान आकर्षित गर्दै उनीहरूलाई सकारात्मक कामका लागि सहमत गराउने क्षमता छ । ज्योत्सनाले भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएकी छिन् ।
महेन्द्रनगरकी लक्ष्मी पन्त प्रतियोगी नम्बर १३ हुन् । ५ फिट ५ इन्च अग्ली २२ वर्षीया लक्ष्मीले बीबीए उत्तीर्ण गरेकी छिन् । व्यवसाय तथा बजार प्रवद्र्धन लक्ष्मीका रुचिका विषयहरू हुन् । बोल्ड स्कुल तथा ओपन स्पेस नेपालले सञ्चालन गरेका नेतृत्व तथा उद्यमशीलता विषयक प्रशिक्षणमा समेत सहभागी भैसकेकी लक्ष्मी खेलकुदमा पनि अनुभवी छिन् । कलेजमा उनी बास्केटबल टिमको क्याप्टेन नै थिइन् । दौड तथा टेनिसमा पनि उनी अब्बल छिन् । उनलाई पूराना मुद्राहरू संकलन गर्ने सौख छ । जीवन भनेको अनिश्चितताहरूको सँगालो भएकाले हरेक व्यक्तिमा सकारात्मक सोच हुनुपर्ने पन्त बताउँछिन् ।
दाङकी शुभेच्छा श्रेष्ठ प्रतियोगी नम्बर १४ हुन् । २२ वर्षीया श्रेष्ठ ५ फिट ८ इन्च अग्ली छिन् । उनले फार्मेसीमा स्नातक उत्तीर्ण गरेकी छिन् । फार्मेसीको अध्ययन पूरा गरिसकेकी उनले रजिस्टर्ड फर्मासिस्टका रूपमा काम गर्नसमेत थालिसकेकी छिन् । भविष्यमा उनले औषधी उत्पादन गर्ने कम्पनी नै स्थापना गर्ने योजना बनाएकी छिन्, जसले उत्पादन गरेका केही साधारण औषधीहरू कम आय भएका व्यक्तिहरूलाई नि:शुल्क वितरण गर्न सकोस् । नृत्य गर्न, उपन्यास पढ्न तथा आध्यात्मिक भाषणहरू सुन्न मन पराउने शुभेच्छा नयाँ ठाउँ घुम्न पाउँदा तथा नयाँ कुरा सिक्न पाउँदा असाध्यै खुसी हुन्छिन् । मिस टिन नेपाल–२०१३ की सेकेण्ड रनर्स अप शुभेच्छा ठूलो सपना देख्ने अधिकार जो–कोहीलाई भएको धारणा व्यक्त गर्छिन् ।
रुपन्देहीकी लक्ष्मी पौडेल प्रतियोगी नम्बर १५ हुन् । २२ वर्षीया लक्ष्मी ५ फिट ६ इन्च अग्ली छिन् । एमबीएस पहिलो सेमेस्टरकी छात्रा लक्ष्मी पछिल्लो ३ वर्षदेखि निकोल्सन स्टुडेन्ट्स काउन्सिलकी अध्यक्षका रूपमा सक्रिय छिन् । उनलाई नेतृत्व गर्ने क्षमता विकास गर्ने ठूलो सपना छ । मोडल, इभेन्ट मेनेजर, कोरियोग्राफर तथा बास्केटबल कोचका रूपमा उनले काम गरिसकेकी छिन् । सन् २०१६ तथा २०१७ मा उनी आफ्नो कलेजको बास्केटबल टिमको क्याप्टेन समेत रहिन् । भविष्यमा उनले सफल व्यक्ति तथा कुशल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् ।
भक्तपुरकी २२ वर्षीया आस्था शाख प्रतियोगी नम्बर १६ हुन् । ५ फिट ६ इन्च अग्ली आस्थाले बीबीएको अध्ययन पूरा गरेकी छिन् । महिलाहरूलाई सशक्त बनाएर उनीहरूलाई अवसर प्रद्यान गर्ने उनको लक्ष्य छ । सन् २०१६ मा सार्क चेम्बर अफ कमर्स इन्ड्रस्ट्रिजमा स्वयंसेवकका रूपमा काम गरिसकेकी आस्थाले सन् २०१३ मा सम्पन्न यूथ क्याम्प अफ एशियाज फ्यूचरमा पनि सहभागिता जनाइसकेकी छिन् । उनलाई लिडरसिप तथा मोटिभेस्नल कार्यक्रममा सहभागिता जनाउन मनपर्छ । विभिन्न खेलकुद प्रतियोगिताहरूमा थुप्रै एवार्ड जितिसकेकी उनी आफ्नो कलेजको बास्केटबल टिमको क्याप्टेन रहिसकेकी छिन् । साइक्लिङ उनको रुचिको विषय हो । नयाँ स्वादका खाना पकाएर तथा चलचित्र हेरेर उनी फुर्सदको समय सदुपयोग गर्छिन् । उनले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् ।
पोखराकी ममता जोशी प्रतियोगी नम्बर १७ हुन् । २० वर्षीया ममता ५ फिट साढे ४ इन्च अग्ली छिन् । पीसीएल नर्सिङ गरेकी ममता यतिबेला गण्डकी मेडिकल कलेज, पोखरामा आईसीयू नर्सका रूपमा कार्यरत छिन् । उनी भावुक, सहयोगी तथा दयालु स्वभावकी छिन् । मिस पोखरा–२०१७ की विजेता ममताले त्यही उपाधिका कारण यसपटकको मिस नेपालमा सोझै सहभागिता जनाउने मौका पाएकी हुन् । उनी आफ्ना भावनाहरू चित्रकलामार्फत व्यक्त गर्न रुचाउँछिन् । उनलाई खाना पकाउन तथा संगीत सुन्न मनपर्छ ।
धनकुटाकी सायरा लामा प्रतियोगी नम्बर १८ हुन् । २२ वर्षीया सायरा ५ फिट ६ इन्च अग्ली छिन् । उनले बीबीए उत्र्तीण गरेकी छिन् । व्यवस्थापन संकायकी छात्रा भएकाले पनि हुन सक्छ, उनलाई कृषिमा आधारित आफ्नै व्यवसाय गर्ने चाहना छ । यसबाट उनले थुप्रै रोजगारी समेत सिर्जना गर्ने लक्ष्य लिएकी छिन् । उनी खानपिनमा निकै सौखिन छिन् । नृत्य गर्न, बास्केटबल खेल्न तथा प्रेरक पुस्तकहरू अध्ययन गर्न रुचाउने सायराले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् ।
काठमाडौंकी आश्मा ढुंगाना प्रतियोगी नम्बर १९ हुन् । २१ वर्षीया आष्मा ५ फिट ६ इन्च अग्ली छिन् । बीबीए उत्तीर्ण उनी सञ्चारको क्षेत्रमा काम गर्न चाहन्छिन् । उनले सन् २००६ को किड क्विनमा फस्र्ट रनर्सअपको उपाधि जितेकी थिइन् । ११ वर्षको उमेरमै एउटा एफएम स्टेसनमा रेडियो जक्कीका रूपमा काम गरेकी आष्माले ब्रिटिश काउन्सिल तथा एलसीसीआईबाट पब्लिक स्पिकरको प्रशिक्षण समेत लिएकी छिन् । उनले सन् २०१६ मा आफ्नै लेखन तथा निर्देशनमा एउटा नाटक समेत मञ्चन गरिसकेकी छिन् । भविष्यमा उनलाई कूटनीतिक क्षेत्रमा काम गर्ने चाहना छ ।
काठमाडौंकी मेघा श्रेष्ठ प्रतियोगी नम्बर २० हुन् । २३ वर्षीया ५ फिट ६ इन्च अग्ली मेघाले स्नातक उत्तीर्ण गरेकी छिन् । फेसन तथा मोडलिङमा रुचि राख्ने मेघाले जापानमा समेत मोडलिङ गरेकी छिन् । पछिल्लो दुई वर्ष यता उनले टोकियोमा मोडलिङ गर्ने मौका पाएकी हुन् । उनले आफ््नो जीवनको १२ वर्ष खेलकुद क्षेत्रका लागिसमेत दिएकी छिन् । सञ्चार क्षेत्रमा समेत रुचि राख्ने उनी सफ्ट टेनिसकी खेलाडी हुन् । उनले सन् २०१७ तथा १८ मा नेपालका लागि पदकहरू समेत जितेकी छिन् । योग तथा नृत्यको नियमित अभ्यास गर्ने मेघा भविष्यमा अन्तर्राष्ट्रिय मोडल बन्न चाहन्छिन् ।
भक्तपुरकी सृष्टि कार्की प्रतियोगी नम्बर २१ हुन् । २४ वर्षीया सृष्टि ५ फिट ४ इन्च अग्ली छिन् । उनले स्नातक तह उत्तीर्ण गरेकी छिन् । यूरोपमा बसोबास गरिरहेकी सृष्टि आफ्नो सपना पूरा गर्नका लागि यतिबेला नेपाल आएकी छिन् । उनलाई चलचित्रमा अभिनय तथा नृत्य गर्न मन पर्छ । सामाजिक कार्यमा समेत रुचि राख्ने उनी नृत्य, ट्ेरकिङ, स्काइ डाइभिङ बन्जि जम्पिङकी सौखिन हुन् । भविष्यमा उनी सफल कलाकार तथा उद्यमी बन्न चाहन्छिन् ।
झापाकी २१ वर्षीया एलिशा अधिकारी प्रतियोगी नम्बर २२ हुन् । ५ फिट ६ इन्च अग्ली एलिशाले बीबीएससम्मको अध्ययन पूरा गरेकी छिन् । मोडलिङमा रुचि राख्ने एलिशाले यसअघि मिस मेची–२०१६ मा प्रतिस्पर्धा गर्दै उत्कृष्ट ५ मा पुग्न सफल भएकी थिइन् भने मिस ब्युटिफूलको उपाधि समेत जितेकी थिइन् । व्यवसायिक कोरियोग्राफरका रूपमा कार्यरत उनी एउटा विद्यालयमा शिक्षिकाका रूपमा समेत कार्यरत छिन्, जहाँ उनी नृत्यसमेत सिकाउँछिन् । अभिनय, नृत्य, चित्रकला तथा कविता लेखन उनका सौखहरू हुन् । भविष्यमा उनले सफल समाजसेवी बन्ने लक्ष्य लिएकी छिन् ।
भक्तपुरकी एलिशा बुढाथोकी प्रतियोगी नम्बर २३ हुन् । २२ वर्षीया एलिशा ५ फिट ८ इन्च अग्ली छिन् । कम्प्युटर साइन्स तथा टेक्नोलोजीमा स्नातक गरिरहेकी एलिशा कम्प्युटरका विभिन्न प्रोग्रामिङहरूमा रुचि राख्छिन् । सूचना–प्रविधिमा महिलाहरूलाई आकर्षित गर्ने खालका प्रभावकारी प्रोग्रामिङ गर्ने उनको चाहना छ । कुनै दिन आफ्नै ब्रान्डको प्रोग्रामिङको विकास गर्ने लक्ष्य लिएकी उनी नृत्य, गायन तथा नयाँ ठाउँको भ्रमण गर्न रुचाउँछिन् । उनले भविष्यमा सफल आइटी इन्जिनियर बन्ने लक्ष्य लिएकी छिन् ।
काठमाडौंकी एञ्जिला महत प्रतियोगी नम्बर २४ हुन् । २२ वर्षीया एञ्जिला ५ फिट ७ इन्च अग्ली छिन् । नर्सिङमा स्नातक उत्तीर्ण एञ्जिला उनी यही पेसामा आबद्ध भैसकेकी छिन् । समाजबाट कम अवसर पाएका व्यक्तिहरूका लागि केही गर्ने अठोट लिएकी एञ्जिला पब्लिक स्पिकरका रूपमा किशोरीहरूलाई उनीहरूको सपना पूरा गराउने मार्गमा समेत अघि बढ्न चाहन्छिन् । पुस्तक पढ्न, यात्रा गर्न तथा विभिन्न समुदाय तथा संस्कृति भएका व्यक्तिहरूलाई भेट्न रुचाउने एञ्जिला कविता समेत रचना गर्छिन् । भविष्यमा उनले सफल स्वास्थ्य प्रशिक्षकका रूपमा काम गर्ने लक्ष्य लिएकी छिन् ।
हेटौंडाकी श्रृंखला खतिवडा प्रतियोगी नम्बर २५ हुन् । २२ वर्षीया श्रृंखला ५ फिट ६ इन्च अग्ली छिन् । उनले आर्किटेक्टमा स्नातक उत्तीर्ण गरेकी छिन् । लेखनमा रुचि राख्ने श्रृंखला ५ वर्षदेखि लेखनमा समेत सक्रिय छिन् । आफ्नै लेखनको एउटा उत्कृष्ट पुस्तक प्रकाशित गर्नु उनको जीवनकै ठूलो सपना हो । आर्किटेक्चरको विद्यार्थीका रूपमा उनी आफ्नो कलेजकी टपरसमेत हुन्, जहाँ उनले प्रत्येक सेमेस्टरमा सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण भएकी थिइन् । २०७२ सालको भूकम्पपछि मेलम्ची क्षेत्रमा स्वयंसेवकका रूपमा समेत काम गरेकी श्रृंखलाले सन् २०१६ मा सम्पन्न एसियन पेन्ट्स डिजाइन कम्पिटिसनमा आर्किटेक्चर स्टुडेन्ट एवार्डसमेत जितेकी थिइन् । अध्ययन गर्न तथा यात्रा गर्न (ट्ेरकिङ) रुचाउने श्रृंखला भविष्यमा अन्तर्राष्ट्रिय रूपमै ख्यातिप्राप्त आर्किटेक्ट बन्न चाहन्छिन् ।