साप्ताहिक संवाददाता
नाटकमा मात्र अभिनय गर्थे– बुद्धि तामाङ । मण्डला थिएटरमा नाटकमा अभिनय गर्दागर्दै रामबाबु गुरुङको चलचित्र ‘कबड्डी’मा मात्र ‘हैट’ भनेको भरमा एकाएक उनको माग बढ्यो । यो वर्ष निर्माणाधीन तथा प्रदर्शन भैरहेका धेरैजसो चलचित्रमा उनको कुनै न कुनै भूमिका छ ।
बुद्धिको माग यतिसम्म छ कि मुस्ताङमा छायांकन गरिएको चलचित्र ‘भैरे’का दुई नायकमध्ये उनी पनि एक नायक हुन् । दयाहाङ राईसँग सहायक भूमिका निर्वाह गरिरहेका तामाङ भैरेमा दयाहाङसँगै नायक भएका छन् ।
चलचित्रमा दुई नायिका छन्, एउटी दयाहाङ र अर्की बुद्धिका लागि । ती दुई नायिकाको भूमिका अभिनेत्रीद्वय वर्षा शिवाकोटी तथा सुरक्षा पन्तले निर्वाह गरिरहेका छन् । अब वर्षा र सुरक्षामध्ये बुद्धिकी नायिका को हुन् त ? कि दुवै ? बुद्धि अहिल्यै यस विषयमा केही बोल्न चाहँदैनन् ।
बरु सामाजिक सञ्जालमा भने यी दुवै अभिनेत्रीसँग मुस्ताङको चिसोमा खिचिएका बुद्धिका तस्बिर आएका आयै छन् । भाग्य त लिएरै आएका हुन् बुद्धि तामाङले– हैट ।