साप्ताहिक संवाददाता
चैत्र २४, २०७४
संगीत रत्नको उपाधि पाइसकेका शम्भुजित बासकोटा गीत–संगीत सिर्जनामा मात्र सीमित हुँदैनन् । कुशल गायकको समेत छवि बनाइसकेका बासकोटा अब्बल दर्जाका कथाकारसमेत हुन् । यद्यपि पछिल्लो एक दशकयता उनी चलचित्रमा उतिसारो सक्रिय थिएनन् ।
अहिले आएर उनले पुन: चलचित्र क्षेत्रमा फर्कने निर्णय गरेका छन् । यसपटक उनी कथाकार तथा संगीतकारका रूपमा मात्र नभै, छोरा सौर्यजित बासकोटालाई अघि सार्दै चलचित्र ‘चौका दाउ’ निर्माण गर्ने घोषणा गरेका छन् ।