साप्ताहिक संवाददाता
छोटो चलचित्र ‘हाम्रो जीएफ’ सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा क्रेजी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट सार्वजनिक उक्त सर्टमुभि क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको हो ।
‘हाम्रो जीएफ’मा सन्तोष राई (छत्र), निशा इम्बुङ, करण धिताल, हिमाल राई, नरेन राई, पेम्बा शेर्पा र दिपेन घलेको अभिनय रहेको छ । सर्टमुभिलाई सञ्चारकर्मी सन्तोष राईले निर्देशन गरेका हुन् । निर्देशक राईले दर्जन बढी म्यूजिक भिडियो निर्देशन पछि पहिलो पटक छोटो चलचित्र निर्देशन गरेका हुन् ।
सर्टमुभिको कथा सन्तोष राई (छत्र)को रहेको छ भने सम्पादन दिनसन साहले गरेका छन् । पूर्वको झापा र मोरङमा छायांकन गरिएको सो चलचित्रलाई भूपेन्द्र तुम्वाहाम्फले खिचेका हुन् । यो सर्टमुभिले टिनएजमा देखिएको सोसल मिडियाको क्रेज र त्यसको गलत प्रयोगले हुने युवा युवतीको नकारात्मक असरलाई देखाइएको निर्देशकको भनाई छ ।
हाम्रो जीएफको भिडियो :