साप्ताहिक संवाददाता
राम्रो
फेसनेबल हुन पाइने फलफूलको मौसम/रुघाखोकीको जोखिम कम हुने समय/शारीरिक कसरतका लागि उपयुक्त/घुमघामका लागि अनुकूल मौसम/आइसक्रिम तथा स्वीमिङको मज्जा लिन पाइने ।
नराम्रो
बढी धूलो उड्ने हुँदा एलर्जी हुन सक्छ/खाना कम रुच्छ/खानामा चाँडै ब्याक्टेरियाले असर गर्छ/घामले छाला डढेर कालो हुन्छ/लामखुट्टेलगायतका कीरा–फट्याङ्ग्राको बिगबिगी बढ्छ/माइग्रेनको समस्या वृद्धि हुन्छ/पसिना बढी आउने तथा शरीर गन्हाउने समस्या सिर्जना हुन्छ । घाउखटिराले सताउन सक्छ ।
पहिरन
हल्का खालका पहिरन लगाउने ।
सकेसम्म सेता वा हल्का रंगका पहिरन लगाउने/कालो वा गाढा रंग प्रयोग कम गर्ने ।
यतिबेला कटन वा लिलेनका कपडा उपयुक्त हुन्छन् ।
चस्मा तथा ह्याट लगाएर हिँड्ने ।
घरबाहिर निस्कँदा छाता ओढ्ने ।
लामा बाहुला भएका पहिरन प्रयोग गर्ने ।
गर्मीमा स्वास्थ्य
राम्रो पक्ष
भिटामिन डीको स्रोत, क्याल्सियम बन्ने, मधुमेह, प्रेसर तथा कोलेस्ट्रोल कम हुने । (गर्मीमा हिँडडुल बढी र खानपान कम हुने हुँदा), टन्सिल भैरहनेहरूका लागि मुक्ति, रुघाखोकी तथा भाइरल फिवर कम, बाथ भएकाहरूका लागि
राम्रो समय ।
चैत–वैशाखलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो महिनाका रूपमा लिइन्छ ।
नराम्रो पक्ष
शल्यक्रिया गर्दा वा चोटपटक लाग्दा इन्फेक्सनको जोखिम बढ्ने, झाडापखाला लाग्ने, आलस्यता देखा पर्ने, टाउको दुख्ने, टाइफाइड, डिहाइट्रेसन तथा मूच्र्छा पर्ने सम्भावना ।
प्रा.डा. एइ अन्सारी, जनरल फिजिसियन