साप्ताहिक संवाददाता
डेटमा प्रेमी–प्रेमिकाले एक–अर्काको आँखा हेरेर कुरा गर्दा ऊ नर्भस छ कि उत्साहित छ भन्ने जानकारी हुन्छ ।
जीवनमा जस्तै प्रेममा पनि उतार–चढाव आइरहन्छ र त्यही बेला थाहा हुन्छ कि एक–आपसमा कति माया गरिन्छ भनेर ।
दिनहुँ भेट्न सकिँदैन भने फोनका माध्यमबाट भए पनि सम्पर्कमा रहनुपर्छ । अहिले त सामाजिक सञ्जालमार्फत पनि निरन्तर सम्पर्कमा रहन सकिन्छ ।
प्रेममा आवश्यकताभन्दा बढी सकारात्मक हुनु पनि घातक हुनसक्छ र अलिकति पनि सकारात्मकता भएन भने त झन प्रेम नै हुँदैन ।
कुनै समयमा बच्चा जस्तो भएर प्रेम गर्नुपर्छ भने कुनै बेला परिपक्वता पनि देखाउनु जरुरी छ ।
साथीसंगीहरूको माझ एक–अर्कासँग कस्तो व्यवहार गरिन्छ भन्ने कुरा पनि निकै महत्वपूर्ण हुन्छ । त्यस्तो बेला कसैले कुनै गल्ती गर्यो भने व्यक्तिगत रूपमा सम्झाउन सकिन्छ । सबैका अगाडि प्याच्च टिप्पणी गर्नु उपयुक्त होइन ।
एक–अर्काको प्रगतिको कारक बन्नुपर्छ ।