साप्ताहिक संवाददाता
नेपाली सेलीब्रेटीहरू पनि आफू स्मार्ट, आकर्षक र अरूभन्दा फरक देखाउने मामिलामा कोहीभन्दा कम छैनन् । विगतको तुलनामा अहिले आफ्नो रुचि, काम, शरीरिक बनावट तथा स्किनको कलरअनुसार डिजाइनर वेयरमा हिँड्न रुचाउनेहरू पनि निकै बढेका छन् भने धेरैजसोले आफ्नै छुट्टै स्टाइलसमेत बनाउँदै गएका छन् । यस्तो पहिरन फेसनमा छ भनेर त्यसको पछि दौडनुभन्दा आफैंले आफ्नो स्टाइल विकसित गर्ने नेपाली युवाहरू प्रशस्तै छन् ।
२०७४ सालमा फेसनको फलो गर्ने, फेसन ट्रेन्ड बनाएका र फेसन स्टाइलमा आफूलाई स्थापित गरेका सर्वाधिक स्टाइलिस्ट नेपाली सेलिब्रेटी को होलान् त ? हामीले ५ जना फेसन डिजाइनरसँगको रायअनुसार एउटा सूची तयार पार्ने प्रयास गरेका छौं । फेसन डिजाइनर आस्तिक शेरचन, तेन्जिङ भुटिया, मञ्जु ढकाल, मुक्ता श्रेष्ठ तथा सुष्मा सिंहको नजरमा फेसन सेन्समा अब्बल ५ जना पुरुष तथा ५ जना महिला सेलीब्रेटी :
पुरुष :
१ अनिल केशरी शाह (बैंकर) : कर्पाेरेट लुक्समा राम्रो देखिन्छ ।
२ प्रबल गुरुङ(फेशन डिजाइनर) : एकदमै क्याजुअल, स्मार्ट लुक्स ।
३ अनमोल केसी (अभिनेता) : फेसन ट्रेन्डी ।
४ लेक्स लिम्बु (ब्लगर) : पहिरनमा नेपाली टच ।
५ सुह्द ज्योति (बिजनेसम्यान) : जिउलाइ सुहाउने पहिरन लगाउने र जस्तोसुकै परिहन पनि क्यारी गर्न सक्ने ।
महिला :
१. सृष्टि श्रेष्ठ (पूर्व मिस नेपाल तथा अभिनेत्री) : उनको स्टाइल पछ्याउन लायक छ ।
२.माल्भिका सुब्बा (पूर्व मिस नेपाल) : माल्भिकाको पहिरन स्टाइलिस्ट तथा ग्ल्यामरस हुन्छ ।
३. आस्था पोखरेल (मोडल) : जस्तोसुकै पहिरनमा पनि नेचुरल देखिन्छिन् ।
४. मनीषा कोइराला (अभिनेत्री) : जस्तोसुकै पहिरनमा पनि राम्रो देखिन्छ ।
५. अञ्जली लामा (ट्रान्स जेन्डर मोडल) : फेसन फरवार्ड छिन् ।
फेसन डिजाइनर आस्तिक शेरचन
महिला
१ साम्राज्ञी राज्यलक्ष्मी शाह (अभिनेत्री) : पहिरनलाई सुन्दर तथा सिर्जनात्मक तरिकाले क्यारी गर्छिन् ।
२ रीमा विश्वकर्मा (अभिनेत्री) : उनको पहिरन शैलीमा भर्सटाइलिटी छ । वेस्टर्न र इस्टर्न दुवै किसिमका पहिरन उतिकै आकर्षक तरिकाले लगाउँछिन् ।
३ आना शर्मा (अभिनेत्री) : वेस्टर्न लुक्समा स्मार्ट देखिन्छिन् ।
४ सुजिना श्रेष्ठ (रक गायिका) : कन्फिडेन्टका साथ क्याजुअल वेयर फलो गर्छिन् । जुन उनलाई असाध्यै सुहाउँछ ।
५ ऋचा शर्मा (अभिनेत्री) : इथनिक वेयरमा निकै आकर्षक देखिन्छिन् ।
पुरुष
१ अनमोल केसी (अभिनेता) : (पहिरनमा क्रियटिभिटी) उनी आफूलाई फरक–फरक पहिरनमा प्रस्तुत गर्छन् । उनको स्टाइल तथा कलर च्वाइस निकै राम्रो छ ।
२ स्वप्न सुमन (गायक) : उनको स्टाइल भर्सटाइल छ । जस्तोसुकै पहिरन लगाउँदा पनि आकर्षक देखिन्छ । लामो केशसँग वेस्टर्न र इस्टर्न दुवै लुक्समा कुल देखिन्छन् ।
३ आशिरमान देशराज (अभिनेता) : फर्मल वेयरमा उनको लुक्स निकै ड्यासिङ देखिन्छ । उनले अचम्म तरिकाले फर्मल ड्रेसहरू सजिलैसँग क्यारी गरिरहेका हुन्छन् ।
४ आयुष्मान देशराज (अभिनेता) : स्किनी पाइन्ट तथा क्याजुअल प्रिन्टलाई उनले जस्तो क्यारी अरू कसैले गर्न सक्दैनन् । उनीसँग कसैको पनि तुलना गर्न सकिँदैन ।
५ प्रदीप खड्का (अभिनेता) : हँसिलो तथा क्युट अनुहारमा उनले लगाउने सेमी क्याजुअल पहिरन निकै आकर्षक देखिन्छ ।
जसले आफूलाई सुधार्ने ठाउँ छ :
रेखा थापा : लोकप्रिय अभिनेत्री रेखा थापाको अभिनय कलाका प्रशंसक पनि उत्तिकै छन्, तर उनले छान्ने पहिरन उनको व्यक्तित्व तथा उनको शारिरीक बनावट अनुकूल हुँदैन । उनले आफ्नो ड्रेस सेन्स र स्टाइल सुधार्ने हो भने अझ आकर्षक देखिन सक्छिन् । रेखालाई ट्रेडिसनल तथा इथनिक वेयर बढी सुहाउँछ । रेखा सारीमा एकदमै राम्री देखिन्छन् ।
आकाश श्रेष्ठ : अहिलेको पुस्ताद्वारा रुचाइएका अभिनेता आकाश श्रेष्ठको बडी, हाइट सबै राम्रो छ तर उनी जस्तो पनि पहिरन लगाइरहेका हुन्छन् । स्टाइलिस्ट वेयरका साथ आफूलाई मेन्टेन गर्ने हो भने उनको उचाइ अझ माथि पुग्नेछ ।
फेसन डिजाइनर तेन्जिङ स्टेटन भुटिया
महिला :
१ अस्मि श्रेष्ठ (पूर्व मिस नेपाल) : उनी योङ एन्ड भाइब्रेन्ट छिन् । अस्मि जे लगाए पनि सुहाउने किसिमले म्याच गरी लगाउन जान्दछिन् ।
२ शुभेच्छा खड्का (भीजे, मोडल) : फेसन स्टाइलिस्ट छिन् । कुन अवसरमा कस्तो पहिरन लगाउनुपर्छ भन्ने ज्ञान छ । क्याजुअल, स्पोर्टी, इथनिक जस्तोसुकै पहिरन पनि राम्रोसँग मिलाएर लगाइरहेकी हुन्छिन् ।
३ आस्था पोखरेल (मोडल) : अफ ब्रान्डको क्याजुअल वेयर लगाए पनि एटिच्युटका साथ लगाउँछिन् । जस्तो लगाए पनि सुहाउँछ ।
४ माल्भिका सुब्बा (पूर्व मिस नेपाल) : फर्मल तथा कर्पाेरेट लुक्समा आफूलाई स्मार्ट र फरक देखाउन सक्छिन् ।
५ विदुषी राणा (व्यवसायी) : क्लासिक तथा इलिगेन्ट तरिकाले पहिरन लगाउँछिन् ।
पुरुष
१ प्रशान्त ताम्राकार (मोडल, कोरियोग्राफर तथा अभिनेता) : समयअनुसार आफूलाई अपडेट गरी ड्रेस सेन्स र स्टाइलका साथ प्रस्तुत हुन्छन् ।
२ अनुपविक्रम शाही (अभिनेता तथा मोडल) : फेसन ट्रेन्डमा के छ र त्यसमध्ये आफूलाई के सुहाउँछ त्यसलाई फलो गर्छन् । उनको क्याजुअल र फर्मल दुवै स्टाइल राम्रो छ ।
३ अनिलकेशरी शाह (बैंकर) : कर्पोेरेट लुक्समा आफूलाई सधैं फिट एन्ड स्मार्ट देखाउन सक्छन् ।
४ रेहान श्रेष्ठ (ब्लगर) : नयाँ–नयाँ पहिरनसँग प्रयोग गरी रहने तर आफूलाई सुहाउने गरी । फर्मल र क्याजुअल दुवैमा उत्तिकै सुहाउँछ ।
५ रवीन्द्र मिश्र (सञ्चारकर्मी तथा राजनीतिज्ञ) : फेसन फलो गर्नेभन्दा काम अनुसारको फर्मल पहिरनमा हिँड्न जान्ने ।
फेसन डिजाइनर मुक्ता श्रेष्ठ
महिला :
१ विदुषी राणा (बिजेसन वुमन) : फेसन ट्रेन्डसँगै आफ्नो फिगर र उमेरका साथमा फेसन कन्सस ।
२ माल्भिका सुब्बा (पूर्वमिस नेपाल तथा सञ्चारकर्मी) : स्मार्ट एन्ड प्रोफेसनल । फर्मल लुक्समा उनलाई बढी रुचाइन्छ ।
३ निकिता चाण्डक (मिस नेपाल) : कन्फिडेन्टका साथ आफ्नो पहिरनलाई क्यारी गर्न सक्छिन् ।
४ विद्या भण्डारी (राष्ट्रपति) : नेपाली फेब्रिक ढाकाको सारी असाध्य सुहाउँछ ।
५ ऋचा शर्मा : समय र ठाउँअनुसार आफूलाई क्यारी गरेर ड्रेस
लगाउन जान्दछिन् ।
पुरुष :
१ भोला थापा (बिजनेसम्यान) : उनको फर्मल ड्रेस सेन्सले गर्दा नै पर्सनाल्टी राम्रो देखिन्छ ।
२. अनिलकेशरी शाह (बैंकर) : फर्मलमा एन्टिच्युटका साथ पहिरन लगाउन सक्छन् ।
३. प्रशान्त ताम्राकार ( मोडल) : क्याजुअल र फर्मल दुवैमा उत्तिकै राम्रो देखिन्छ ।
४ गोपाल कक्षपती (अध्यक्ष हिडेन ट्रेजर) : कुल फर्मल पहिरनमा स्मार्ट लुक्स ।
५ आशिरमान देशराज : क्याजुअल र फर्मल वेयर दुवैमा पर्फेक्ट देखिन्छ ।
- फेसन डिजाइनर सुष्मा सिंह
महिला :
१ आँचल शर्मा (अभिनेत्री) : वेस्टर्न तथा नेपाली दुवै स्टाइल उत्तिकै सुहाउँछ ।
२ साम्राज्ञी राज्यलक्ष्मी शाह (अभिनेत्री) : प्राय: कोरियन लुक्स तथा क्याजुअलमा देखिने साम्राज्ञी त्यस्तै पहिरनमा इलिगेन्ट देखिन्छिन् ।
३ श्वेता खड्का (अभिनेत्री) : उनको लुक्स नै सोभर छ । उनले लगाउने फेरिटेल, गाउनहरू एकदमै सुहाउँदो हुन्छ ।
४ आना शर्मा (अभिनेत्री) : वेस्टर्न लुक्समा स्मार्ट ।
५ करिश्मा मानन्धर (अभिनेत्री) : सारीलगायत ट्ेरडिसनल लुक्समा आकर्षक देखिन्छिन् ।
पुरुष :
१ राजेश हमाल (अभिनेता) : क्याजुअल र फर्मल दुवैमा सुहाउँछ । त्यसमा पनि स्ट्रीट फेसन लुक्स अझ राम्रो छ ।
२ पल शाह (अभिनेता) : चकलेटी नायक पलको रफ एन्ड टफ लुक्स राम्रो छ ।
३ अनमोल केसी (अभिनेता) : कोरियन फेसन स्टाइल फलो गर्छन्, जुन उनलाई एकदमै सुहाउँछ ।
४ प्रदीप खड्का (अभिनेता) : हलिउड स्टारको लुक्स आउने भएकाले उनले फलो गर्ने हिपहस्टर लुक्स नै वेस्ट छ ।
५ प्रशान्त ताम्राकार (मोडल) : फर्मल तथा क्याजुअल दुवैमा उत्तिकै ड्यासिङ लुक्स आउँछ ।
- फेसन डिजाइनर मन्जु ढकाल बन्जरा