साप्ताहिक संवाददाता
जेष्ठ ४, २०७५
निर्देशक : डेभिड लेइच कलाकार : र्यान रेनोल्डस, जोश ब्रोलिन, मोरीना बाकारीन आदि । संगीत : ट्यालेर व्याटिस
यो वर्षको सर्वाधिक प्रतीक्षित हलिउड चलचित्र डेडपुल–२ संसारभरका हजारौँ हलमा एकसाथ प्रदर्शनमा आउँदैछ । डेडपुल सुपरहिट भएकाले समेत उक्त चलचित्रको सिक्वेल प्रतीक्षित छ । डेडपुल–२ आफ्नो पोस्टरबाटै चर्चामा थियो ।
यो चलचित्रको प्रिमियर लन्डनमा १० मेमा भएको थियो । रहेट्ट रिस, पाउल विरनिक, र्यान रियानोल्डस आदिले निर्माण गरेको डेडपुल–२ अमेरिका तथा अन्य केही देशमा समेत खिचिएको छ ।
हलिउडका चलचित्र समीक्षकहरूले अघिल्लो चलचित्रको तुलनामा यो चलचित्रलाई अझ राम्रो भनेका छन् । उनीहरूले निर्देशक डेभिडको प्रशंसासमेत गरेका छन् । एक्सनमा आधारित यो चलचित्रलाई जोनथान सेलाले खिचेका हुन् भने यो चलचित्र १ घण्टा १९ मिनेट लामो छ ।