साप्ताहिक संवाददाता
जेष्ठ १२, २०७५
अभिनेता अनमोल केसीले जब नयाँ चलचित्रमा अभिनय गर्ने चर्चा हुन्छ, तब उनीसँगै अभिनय गर्ने नायिकाको पनि मज्जैले चर्चा हुन्छ । अनमोलले यसअघि चलचित्र कृमा अभिनय गरे, त्यतिबेला पनि नायिका अदिति बुढाथोकी चर्चामा आएकी थिइन् ।
यतिबेला अनमोल चलचित्र क्याप्टेनमा काम गर्दैछन् । क्याप्टेनकी नायिकाका रूपमा प्रियंका एमभी तथा उपासना सिंह ठकूरीले डेब्यु गर्दैछन्, जसमध्ये उपासना चलचित्रमा अभिनय गर्नु अगावै सामाजिक सञ्जालमा हिट छिन् । उनको इन्स्टाग्रामलाई ३९ हजारभन्दा बढीले फलो गरेका छन् ।
उपसनाले इन्स्टामा आफ्ना बोल्ड तस्बिरहरू सार्वजनिक गर्दै आएकी छिन् । उपासनाको तुलनामा अभिनेत्री प्रियंका कार्कीलाई इन्स्टामा फलो गर्नेहरू निकै कम छन् । प्रियंकाको इन्स्टा एकाउन्टमा हालसम्म ७ हजारको हाराहारीमा फलोअर्स छन् ।