साप्ताहिक संवाददाता
जेष्ठ १२, २०७५
कुनै पनि कम्प्युटरमा स्ट्यान्डर्ड हार्ड ड्राइभ प्रयोग गरिएको हुन्छ । यद्यपि उक्त ड्राइभ कम गतिको हुन्छ र त्यसले अचानक काम नगर्ने समस्या समेत सिर्जना गर्छ ।
यसको तुलनामा सोलिड स्टेट ड्राइभ लामो समयसम्म टिक्छ भने राम्रो पर्फमेन्ससमेत दिन्छ । यसले तीव्र गतिमा काम गर्छ । ओभरहिट हुने समस्या कम हुनुका साथै सोलिड स्टेट स्टोरेज हलुका पनि हुन्छ ।