साप्ताहिक संवाददाता
जेष्ठ १७, २०७५
चलचित्र ‘रणवीर’ आउँदो मंसिर १४ गतेबाट रिलिज हुने भएको छ । उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि डिसीएनले यो चलचित्र वितरणको जिम्मा लिएको छ । पोष्टप्रोडक्सनमा रहेको यो चलचित्र विना सम्झौता छायाँकन गरिएको चलचित्र युनिटको भनाइ छ ।
चलचित्रको शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । सुशीलसँगै प्रशान्त ताम्राकार, हरिहर शर्मा, नरेश पौड्याल, टिका पहाडी, रवी गिरी, जीवन भट्टराई, बसन्ती भट्ट लगायतका कलाकारले चलचित्रको् शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
मोडल शुभेच्छा खड्का र सुपुष्पा भट्ट यहि चलचित्रबाट ठूलो पर्दामा अवतरण गर्दै छन् । चलचित्र गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् ।