साप्ताहिक संवाददाता
जेष्ठ ३०, २०७५
बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा बुधवार बिहान निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको राती २ वजे निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनलाई अन्तिम विदाई गर्न पशुपति आर्यघाटमा आफन्त, नेपाली कलाकार र सयौं सुभचिन्तक पुगेका थिए ।
कलाकार थापाले दर्जनौ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म तीतो सत्यमा काम गरेपछि उनको लोकप्रियता चुलिएको थियो । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा कार्यरत थिए । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।