साप्ताहिक संवाददाता
असार १२, २०७५
अनु पराजुलीले अहिलेसम्म १ सय ५० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन, भने तीनवटा चलचित्रमा पनि मुख्य भूमिकामा अभिनय गरेकी छिन् । पराजुली अभिनित चलचित्र ‘कम्पन’ प्रदर्शन भैसकेको छ भने ‘काउसो’ पोस्ट प्रोडक्सनमा छ ।
‘काले दाइ’ को छायांकन सम्पन्न भएलगतै ‘क्रिमिनल’ को सुटिङमा व्यस्त अभिनेत्री पराजुली ‘क्रिमिनल’मा एक्सन लेडीको भूमिकामा देखिने छिन् । अर्नभ फिल्म्सको ब्यानरमा निर्माणाधीन चलचित्र ‘क्रिमिनल’ को छायांकन दमकमा भैरहेको छ ।
चलचित्र क्षेत्रमा राम्रो सम्भावना बोकेकी अभिनेत्रीका रूपमा हेर्न थालिएकी अनु यही क्षेत्रमा केही गरेर देखाउने सोचका साथ संघर्षरत छिन् ।