साप्ताहिक संवाददाता
असार २९, २०७५
निर्देशक : सोभित बस्नेत कलाकार : सलोन बस्नेत, करिश्मा श्रेष्ठ, सरोज खनाल, अश्लिन ज्ञवाली तथा ज्योत्सना अश्लिन ज्ञवाली आदी ।
संगीत : टंक बुढाथोकी
एक महिना अघिदेखि प्रचार–प्रसारमा ओर्लिएको चलचित्र बाबु कान्छाको प्रर्दशन अन्य तिन चलचित्रसँगै आज शुक्रबार नै हुँदैछ ।
चलचित्रका अभिनेता सलोन बस्नेतका अनुसार यो चलचित्र स–परिवार हेर्न मिल्ने खालको छ । चितवन, वीरगन्ज, लमजुङको घले गाउँ तथा काठमाडौंमा छायांकन गरिएको चलचित्र बाबु कान्छा ७० लाखमा तयार भएको बताइएको छ ।
यो चलचित्रमा सलोनले १७ वर्षअघि अभिनय गरेको नेपाली बाबुको एउटा इमोसनल सिनसमेत समावेश गरिएको छ । पारिवारिक चलचित्र बाबु कान्छामा अष्ट महर्जनको द्वन्द्व तथा गौतम राज खड्काको सम्पादन हेर्न पाइन्छ ।