साप्ताहिक संवाददाता
श्रावण २६, २०७५
चलचित्रमा बोल्ड भूमिका निर्वाह गरेर त्यस्तै छवि बनाउने अभिनेत्री हुन्– उमा बेबी गिरी । केही वर्षयता अभिनयका साथै निर्मात्रीका रूपमा समेत सक्रिय उमा बेबीले आफ्नो पछिल्लो चलचित्रमा आफ्नै छोरीलाई डेब्यु गराउँदै छिन् ।
साउनको तेस्रो साता प्रदर्शनमा आएको चलचित्र ‘कहीँ कतै’ मार्फत उमाकी छोरी शिवानी गिरीले ठूलो पर्दामा पदार्पण गरेकी छिन् । यो रोमान्टिक चलचित्रमा उमाले छोरी शिवानीको जोडी नयाँ अनुहार सोनम बरफुङ्गपासँग बाँधी दिएकी छिन् ।
मिस भारत तथा मिस हिमालयनमा फस्ट रनर्सअपको उपाधि जितिसकेकी शिवानीले अभिनेत्री बन्ने आफ्नो सपना पूरा भएको खुसी व्यक्त गरेकी छिन् । पहिलो चलचित्रमा आफूले इनोसेन्ट युवतीको भूमिका निर्वाह गरेको शिवानीको भनाइ छ ।