साप्ताहिक संवाददाता
भाद्र ३, २०७५
गुगलको प्रतिद्वन्द्वी तथा चीनको प्रसिद्ध सर्च इन्जिन कम्पनी बाइडुले सेल्फ ड्राइभिङ मिनी बस ल्याउने भएको छ । उक्त बसमा एकपटकमा १४ जनाले यात्रा गर्न सक्नेछन् । उक्त मिनीबस हल्का तौलको कभ्र्ड ग्लासबाट निर्माण गरिएको छ ।
यात्रुको सुविधाका लागि ढोका भने ठूला छन् । बाइडुको एपोलो प्रोग्रामअन्तर्गत उक्त मिनीबस निर्माण गरिएको हो । एपोलो प्रोग्राम बाइडुको ओपन सोर्स ड्राइभिङ प्लेटफर्म हो । बाइडु आफैंले भने कार निर्माणमा चासो नराख्ने बताएको छ ।
कम्पनीले यसलाई अपोलो अटोनोमस ड्राइभिङ प्लेटफर्ममा अपडेट गरिरहेको छ । बाइडुले यसलाई चाइनिज कम्पनी किङलङसँगको पार्टनरसिपमा निर्माण गरेको हो । हालै आयोजित कम्पनीको वार्षिक एआई डेभलपर कन्फ्रेन्स ‘बाइडु क्रिएट–२०१८’ मा उक्त बस सार्वजनिक गरिएको थियो ।